जी–२० सम्मेलनः व्यापार र लगानी कार्य समूहको पहिलो बैठक आजबाट मुम्बईमा सुरु हुँदै

नयाँ दिल्ली– भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक आजबाट मुम्बईमा सुरु हुँदैछ ।

तीन दिन सम्म बैठकमा जी–२० सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका एक सय भन्दा बढी प्रतिनिधिहरूले विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा सहभागी हुनेछन्।

यो बैठक भारतको एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कर्पोरेशन र इन्डिया एक्जिम बैंकले संयुक्त रुपमा आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस