प्रधानमन्त्रीसँग एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्री भेट्न बालुवाटारमा

चैत्र १४ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले अध्यक्ष माधव कुमार नेपाल सहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका हुन्।

उनीहरु खास गरी आफ्नो दावी रहेको मन्त्रालयमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री भेट्न पुगेका हुन् ।आज गठबन्धनको बैठक बस्नु अघि एकीकृत समाजवादीका नेताहरु भेटका लागि बालुवाटार गएका हुन् ।

प्रतिक्रिया दिनुहोस