ललितपुरमा मोटरसाइकल दुर्घटना, पति-पत्नीको मृत्यु, छोरीको ज्यान बच्यो

काठमाडौं । ललितपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातो पहिरोस्थित सडकमा बा.३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनकै ५ वर्षीया छोरीलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होस्ना इँट्टाभट्टामा काम गरी बस्ने भारत घर भएका ४५ वर्षीय शम्भु सदय मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित त्रिशूली नदी किनारमा गोरखाको गोरखा नगरपालिका–८ कटेलडाँडा बस्ने ६६ वर्षीय हरिप्रसाद कट्टेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस