जी–२०ः भारतको चण्डीगढमा कृषि समूहको बैठक बस्दै

चण्डीगढ– भारतको अध्यक्षता गरिरहेको जी–२० सम्मेलन अन्र्तगत भारतको चण्डीगढमा कृषि समूहको बैठक हुने भएको छ । आजबाट सुरु हुने बैठक ३१ तारिखसम्म चल्लेछ ।

बैठकमा १९ सदस्य राष्ट्र, १० आमन्त्रित देश र १० अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

बैठकमा दिगो कृषि, खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्ने उपायहरू विषयमा छलफल हुनेछ । ग

बैठकको दोस्रो र तेस्रो दिनमा, सदस्य राष्ट्रहरूले विज्ञप्तिको मस्यौदामा ध्यान केन्द्रित गर्नेछन्, जसले खाद्य सुरक्षा र पोषण, जलवायु स्मार्ट दृष्टिकोणसहितको दिगो कृषि, समावेशी कृषि मूल्य श्रृंखला र खाद्य प्रणाली, र डिजिटलाइजेसन जस्ता चार विषयगत क्षेत्रहरूलाई सम्बोधन गर्नेछन्।

छलफलका अलावा, प्रतिनिधिहरूले रक गार्डेनमा खाना महोत्सवको भ्रमण, सुखना तालको भ्रमण, गाला डिनर र पिन्जोरको यादविन्द्र गार्डनको भ्रमणको माध्यमबाट चण्डीगढको समृद्ध सांस्कृतिक सम्पदाको अनुभव पनि पाउनेछन्। कार्यक्रमले देशहरू एकजुट हुन र कृषि र खाद्य सुरक्षाको दिगो भविष्यतर्फ काम गर्ने मञ्च बन्ने अपेक्षा गरिएको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस