नेपाली भान्सामा बिद्युतीय चुल्होको प्रयोग बढ्दै, एलपी ग्यास आयातमा कमी

काठमाडौं- नेपालीको भान्सामा बिद्युतीय चुल्होको आर्कषण बढेको छ । चालु आर्थिक बर्षको आठ महिनाको तथ्यांक अनुसार विद्युतीय चुल्होको आयात १८३ प्रतिशतले बढेको छ भने कूल जनसंख्याको शून्य दशमलव ५ प्रतिशत नेपालीले विद्यूतीय चुल्होको प्रयोग गर्दै आएको पछिल्लोतथ्यांकले देखाएको छ ।

केन्द्रिय तथ्यांक विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको आठ महिनामा एक लाख चार हजार नौ सय १२ विद्युतीय चुल्हो आयात भएको छ भने गतबर्ष यही अवधिमा ५७ हजार तीन सय २३ वटा मात्र विद्युती चुल्हो आयात भएको थियो ।

विद्युतीय चुल्होको प्रयोग बढ्दै गएका कारण एलपी ग्यासको आयातमा साढे पाँच प्रतिशतले कमी आएको र विक्री समेत सात प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ ।

सरकारले बिद्युतीय चुल्होको प्रयोग बढाउँदै एलपी ग्यासलाई विस्तापित गर्ने लक्ष्य लिएको छ । निगमका अनुसार हालसम्म यो बर्ष ३४ करोड आठ लाख किलो एलपी ग्यास आयात भएको छ भने गतबर्ष यही अधिमा ३६ करोड किलोभन्दा बढी एलपी ग्यासआयातभएको थियो ।

नेपालमा बर्षेनि ६० अर्ब रुपैयाँ बराबरको चार लाख ८० हजार मेट्रिक्टन एलपी ग्यास खपत हुने गरेको छ

प्रतिक्रिया दिनुहोस