बालेनलाई प्रधानमन्त्रीको जवाफः ढुक्क हुनुस्, सरकार पाँचवर्ष नै टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको भन्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको भनाईको जवाफ दिँदै प्रधानमन्त्रीले सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।

उनले भने,’बालेनजीले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो । तर, स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ ।’

प्रधानमन्त्रीले सरकार अब विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस