गर्मीमा कुन ड्राइ फ्रुट्सलाई भिजाएर खाने, कसलाई नखाने ? सबैले जानीराखौं

ड्राइ फ्रुट्स छाला, मुटु र दिमागका लागि निकै फाइदाजनक हुन्छन् तर गर्मीको मौसममा यी कम खान सल्लाह दिइन्छ । ड्राइ फ्रुट्स गर्मी बढाउने खालका हुन्छन् त्यसैले विशेषज्ञले गर्मीमा यसलाई भिजाएर खान सल्लाह दिन्छन् ।

मानिसहरु धेरैजसो गर्मीमा बदाम र ओखरजस्ता ड्राइ फ्रुट्सलाई भिजाएर खान मन पराउँछन् तर यस्ता थुप्रै ड्राइ फ्रुट्स हुन्छन् जुन भिजाएर खानु हुँदैन । दिल्लीमा न्युटिशनिष्ट डा. शैली तोमरका अनुसार खजुर, किशमिशलगायतलाई भिजाएर खानु हुँदैन किनभने यसलाई भिजाउँदा यसको गुण पानीमा घुलिने गर्छ र डाइ फ्रुटमा कुनै गुण नै बाँकी रहँदैन ।

कुन डाइ फ्रुटलाई भिजाएर खाने ? डाइट मन्त्राकी डाइटिशियन डा. कामिनी कुमारीका अनुसार बदाम र ओखरलाई भिजाएर खान सकिन्छ । भिजाउँदा यसको तातो पानीमा घुलिने गर्छ जसका कारण यो शरीरका लागि फाइदाजनक साबित हुनसक्छ र यसले पाचनमा पनि सहयोग गर्छ । बदाम र ओखर दिमाग, मुटु, छाला, कपालका लागि फाइदाजनक हुन्छन । साथै, यसले प्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ् ।

ड्राई फ्रुट्सलाई पानीमा किन भिजाउने ? पानीमा भिजाउँदा यसमा पाइने फाइटिक एसिडको मात्रा कम हुन्छ जसले यसलाई पच्न योग्य बनाउँछ । फाइटिक एसिड नट्समा पाइने एउटा केमिकल हो जुन बोटबिरुवाले आफूलाई संक्रमणबाट टाढा राख्नका लागि आफैंले बनाउने गर्छ । ड्राइ फ्रुट्सलाई भिजाउँदा फाइटिक एसिड कम हुन्छ र मिनरल्सको अब्जप्र्सन बढ्छ ।

के ड्राइ फ्रुटको पानी पिउँदा फाइदाजनक हुन्छ ? ड्राइ फ्रुट्सको पानी पिउँखा कुनै फाइदा हुँदैन किनभने बदाम वा ओखरलाई भिजाउँदा यसको गुण पानीमा घुलिदैनन्, त्यसैले पानी खानुका फाइदा केही पनि छैनन् ।

कुन ड्राइ फ्रुट्सलाई भिजाएर नखाने ? किशमिश: दिल्लीमा डाइट मन्त्राकी डाइटिशियन डा. कामिनी कुमारीका अनुसार किशमिशलाई पानीमा भिजाएर खानु हुँदैन । यसमा भिटामिन के भरपुर मात्रामा पाइन्छ । यदि किशमिशलाई पानीमा भिजाएर खानइन्छ भने यसको गुण पानीमा घोलिने गर्छ र यो खाँदा शरीरलाई कुनै फाइदा नै हुँदैन ।

फर्सी, खरबुजाका बियाँ, आलस: न्युट्रिशनिस्ट डा. शैली तोमरका अनुसार यी बियाँमा आइरन, क्याल्सियम, पोटासियम, सेलेनियम आदि तत्व पाइन्छन् जसले शरीरलाई पोषक तत्व प्रदान गर्छन् । आलसको दाना ओमेगा–थ्री फ्याट र फाइबरले भरिपूर्ण हुन्छ । यो दिमागका लागि लाभदायक हुन्छन् । न्युट्रिशनिस्ट डा. शैली तोमरका अनुसार यसलाई भिजाएर भन्दा पनि सुकाएर भुट्नुहोस् । भुट्दा यसको स्वाद पनि बढ्छ र फ्लेभर पनि । साथै, यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

खजुर: खजुरलाई भिजाउँदा यसमा पाइने गुण पानीमा मिसिन्छ । त्यसैले यसलाई गर्मीको मौसममा पानीमा भिजाएर खानु हुँदैन । खजुर क्याल्सियम, आइरन, म्याग्नेसियम र भिटामिनले भरपुर हुन्छ । साथै, यसमा फाइबरको मात्रा पनि निकै उत्कृष्ट हुन्छ । खजुरलाई बिहान खाली पेट वा राती सुत्नु अघि एक गिलास मनतातो दुधसँग खानुपर्छ । मधुमेहका बिरामीले यसको सेवन गर्नुहुँदैन ।

एकदिनमा कति ड्राइ फ्रुट्स खाने ? न्युट्रिशनिष्ट तोमरका अनुसार एक दिनमा एक मुठ्ठी ड्राइ फ्रुट्स खान सकिन्छ । त्योभन्दा बढी भने हुँदैन । सबै ड्राइ फ्रुट्स गर्मी पैदा गर्ने किमिसमका हुन्छन् त्यसैले गर्मी महिनामा आवश्यकताभन्दा बढी नखानुहोस् । साथै, यो मौसममा फल, सलाद, मोही आदिको सेवन बढीभन्दा बढी गर्नुहोस् । यसले शरीरलाई चिसो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस