तीन मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा नजाने

चैत १५, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ।
पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

पार्टीको तर्फबाट मंगलवार नै तीन मन्त्रालय माग गरेको प्रस्ट पारिसकेका जानकारी दिदैँ उनले प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका बताए ।

प्रधानमन्त्रीले नाम माग्ने वितिकै तीन जनाको नाम दिन पार्टी तयार रहेको उनको भनाई छ । हामीसँग नाम रेडी छ।

पार्टीले गठबन्धन निर्माणमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूर्ण रहेको र तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गरे।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहेका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहेका छन्। भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपाल जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्।

प्रतिक्रिया दिनुहोस