छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ ।

तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

समीर र सीताले क्वारेन्टाइनमै गरे धुमधामले अन्तरजातीय विवाह

हेमराज शर्मा
दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । घोराही उपमहानगरपालिका-१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घाेराही उपमहानगरपालिका-१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका-५ की २१ वर्षीया सीता चाैधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।

भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनु भयो। ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले भन्नुभयो।

आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नाे संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उहाँले जानकारी दिनुभयो।

उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।

त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताउनु भयो । उहाँले एक हप्ता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्कमा आउन दिनेगरी पठाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस