बर्षौ पछि पल र आँचलको भेट, ‘नाईं नभन्नू ल ६’ हेरेपछि आँचलको तारिफ गरेर थाकेनन् पल

काठमाडौं – अभिनेता पल शाहले करिब एक वर्षपछि हलमा पुगेर अभिनेत्री आँचल शर्मासँग हेरेर बसे । आइतबार साँझ ललितपुरस्थित लाबिम मलको क्यूएफएक्स हलमा फिल्म ‘नाईं नभन्नू ल ६’ हेरेका हुन् । उनी फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माको निमन्त्रणामा पुगेका उनले आँचलसँगै बसेर हेरेका हुन् ।

तीन वर्षपछि एकसाथ देखिएका उनीहरुलाई आँप जोडी भनेर चिनिने गरिन्छ । फिल्म हेरेपछि पलले आँचलको अभिनयको तापरफ गरेका थिए । उनले भने ‘आँचलजीको काम ‘बेस्ट’ लाग्यो । अभिनय ‘स्किल’ धेरै ‘इम्प्रुभ’ भएको रहेछ ।

फिल्ममा राम्रो पक्ष नै उहाँको अभिनय लाग्यो ।’फिल्मको कतिपय सिन ‘नाईं नभन्नू ल ४’को जस्तो महसुस भएको पलले बताए । त्यस्तै, आँचलले आँपको सिजन आउन लागेकाले घरिघरि आउँदा मज्जा नआउने बताउँदै फिल्ममा सहकार्य हुनसक्ने संकेत गरिन् ।

प्रतिक्रिया दिनुहोस