पाकिस्तानी–क्यानेडियन पत्रकार–लेखक तारेक फताहको निधन

लाहोर– क्यान्सर जस्तो घातक रोगबाट ग्रसित पाकिस्तानी–क्यानाडाली स्तम्भकार तारेक फताहको मृत्यु भएको छ ।

अप्रिल २४ मा मृत्यु भएका फताहको बारेमा स्मरण गर्दै उनी छोरी नताशा फताहले लेखेकी छन्– ‘पञ्जाबको सिंह, हिन्दुस्तानको छोरा, क्यानडाको प्रेमी, सत्यको वक्ता, न्यायका लागि लडाकु। दलित तथा उत्पीडितहरूको आवाज।’

१९८७ मा क्यानाडा जानु अघि पाकिस्तानको कराँचीमा जन्मेका, फताह एक पुरस्कार विजेता रिपोर्टर, स्तम्भकार, र रेडियो र टेलिभिजन कमेन्टेटर थिए ।

७३ वर्षको उमेरमा मृत्यु भएका फताह एक राजनीतिक कार्यकर्ता, मानवअधिकारका कट्टर रक्षक र कुनै पनि रूपमा धार्मिक कट्टरताका कट्टर विरोधी थिए ।

धर्मनिरपेक्ष मुस्लीम राष्ट्रको वकालत गर्ने उनले द ज्यू इज नट माइ एनिमीः अनवेलिङ द मिथ्स द फ्युल मुस्लिम एन्टि–सेमिटिज्म, चेजिङ ए मिराजः द ट्र्याजिक इल्युजन अफ एन इस्लामिक स्टेट लगायतका पुस्तकसँगसँगै विभिन्न लेख रचना लेखेका थिए ।

उनी पाकिस्तानको कडा आलोचक हुनुको साथै बलुच पृथकतावादी आन्दोलनको वकालत गर्दै, स्वतन्त्र बलुचिस्तान राज्यको लागि लड्दै थिए।

प्रतिक्रिया दिनुहोस