श्रीमती माइत गएको झोकमा श्रीमानले गोप्य अंग काटिदिए श्रीमती माइत गएको झोकमा श्रीमानले गोप्य अंग काटिदिए

एक महिला आफ्नो माइत गइन् ।श्रीमानले फोन गर्दा पनि उनी फर्किइनन्, यो कुराले केटा रिसाए । त्यसपछि उनले जे गरे त्यो कसैको कल्पना भन्दा बाहिरको कुरा हो ।घटना भारत, बिहारको मधेपुरा जिल्लाको हो। श्रीमतीको झोकमा ती पुरुषले आफ्नो गोप्य भाग का टिदिएका छन् ।

सुन्दा विश्वास लाग्दैन तर यो साँचो कुरा हो । घटना मधेपुराको रजनी नयाँनगरको हो । २५ वर्षीय कृष्ण बासुकीलाई मधेपुरा मेडिकल कलेजमा भर्ना गर्नुपरेको थियो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकले बताए । भारतीय संचारमाध्यमका अनुसार घटना २० जनवरीको राति भएको थियो ।

कृष्णा बासुकी पञ्जाबको मण्डीमा बस्छन् र काम गर्छन् । उनी दुई महिनाअघि मात्रै घर आएका थिए । त्यसयता उनी घरमै बस्दै आएको खुलेको छ । कृष्णका तीन छोरी र एक छोरा पनि छन् । कृष्णकी श्रीमती अनिता दिउँसो माइतीघर गएको परिवारका सदस्य कैलाशले जानकारी गराए । उनी भन्छन्, ‘जब मैले (कृष्णालाई) खोज्न थालें, मैले फेला पार्न सकिँन् ।

राति करिब ८ बजे उनले आफ्नो गोप्य भाग काटिदिए । उनको कसैसँग झगडा थिएन ।’ उनको कोठामा रगत मात्रै थियो । पहिलो कृष्णलाई मुरलीगञ्जको प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । तर अवस्था गम्भीर भएकाले चिकित्सकले उनलाई मधेपुरा मेडिकल कलेजमा रिफर गरे ।

उनको निजी भागमा क्षति पुगेकोले केही दिन चिकित्सकको निगरानीमा राखिने अस्पतालले जनाएको छ । अहिले उनी खतरामुक्त छन् । वरपरका कतिपयले कृष्ण मानसिक रूपमा स्वस्थ नभएको कुरा उल्लेख गरेका छन् । यद्यपि डाक्टरहरूले यसको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस