तुलसीपुरका २३ बर्षीय डीसीलाई अनौठो रोग, ‘हिप जोइन’ हड्डी खिइयो

वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ लामिदमार निवासी २३ बर्षीय विनोद गएका बर्ष साउदी गए । ७/८ महिना साउदीमा काम गरेपछि उनलाई दुबै खुट्टा दुख्ने समस्या भयो ।

त्यो समस्या पछि उनी केही समय विदा लिएर नेपाल फर्के । नेपाल फर्केपछि उनले वि एण्ड वि हस्पिटलमा जाँच गराए । जाँच गराउँदा उनको ‘हिप जोइन’ हड्डी खिइएको अबस्था थियो । जुन रोग नेपालमा विरलैमा देखिन्छ । यो रोग देखा परेपछि अप्रेशन पनि भयो । तर, त्यति गर्दा पनि सञ्चो भएन ।
सञ्चो नभएपछि कृत्रिम जोर्नी हाल्नु पर्ने डाक्टरहरुले सल्लाह दिएका छन् ।‘अप्रेशन त भयो, तर, त्यसले सञ्चो भएन’,उनले भने‘अब कृत्रिम जोर्नी हाल्न डाक्टरले सुझाब रहेकाले त्यही अनुसार आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।’

कृत्रिम जोर्नी राख्न २० लाख भन्दा बढि खर्च लाग्ने डाक्टरहरुले बताएकाले सोही अनुसार सहयोगकालागि सबैलाई अपिल पनि गरेका छन् ।‘म साउदी गएको ७/८ महिनामै विरामी हुनु पर्‍यो, त्यसले गर्दा लागेको खर्च पनि तिर्न सकिएको छैन’,उनले भने‘अहिलेसम्म १५ लाख खर्च भइसक्यो, घर अबस्था पनि नाजुक छ, अझै २० लाख कसरी ब्यहोर्ने गाह्रो भएको छ ।’

अहिले उनी आफै हिडडुल पनि गर्न सक्दैनन् । शौचालय जाादा पनि अर्काकै साहारा लिनुपर्छ । डाक्टरहरुले यस्तो समस्या विरलैलाई मात्रै देखिने गरेको बताउने गरेका छन् । किन यस्तो हुन्छ, भन्ने कुरा पनि डाक्टरहरुलाई विरलै थाहा हुने गर्छ ।‘यसको ८० प्रतिशत कारण डाक्टरहरुलाई नै थाहा हुँदैन भनेर डाक्टरहरुले भन्नुहुन्थ्यो’,उनले भने‘ लागु पदार्थ खानेहरुलाई यस्तो रोग लाग्छ, भन्ने छ, तर मैले अहिलेसम्म केही खाएको पनि छैन ।’

उनको परिवार खेति किसानी गर्ने परिवार हो । उनको उपचारमा वडाध्यक्ष तुलसी थापालगायतका जनप्रतिनिधि तथा स्थानीयले १५ हजार ९ सय ८५ रुपैँया सहयोग गरेका थिए । साथै अध्यक्ष थापाले उपचारमा सहयोग गर्न सबैमा अपिल गरे ।

प्रतिक्रिया दिनुहोस