चीनः बीआरआईको भविष्य अन्धकार

काठमाडौँ— सन् २०२४ को नयाँ वर्षको सुरुमा नै समाप्त हुने चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता इटालीले नविकरण गर्ने सम्भावना कम रहेको छ । इटालीको यो कदमले चीनको बीआरआईले आफ्नो चमक गुमाउँदै गएको सङ्केत गर्दछ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज बीआरआईप्रति असन्तुष्टि व्यक्त गर्दै आर्थिक संकट आउने चेतावनी समेत दिएका थिए । युक्रेनमाथिको आक्रमण र बेइजिङविरुद्धको पश्चिमी गतिविधिका कारण बीआरआईको भविष्य अझ अन्यौल देखिएको छ ।

बीआरआई अन्तर्गत हस्ताक्षर गरिएका नयाँ परियोजनाहरूको संख्या वर्षेनी घटिरहेको छ । यस्तै, चिनियाँ कम्पनीहरूलाई बीआरआई सञ्चालन गर्ने देशहरूमा इच्छुक साझेदारहरू पाउन गाह्रो भइरहेको छ। सांघाईको फुदान विश्वविद्यालयको हरित विकास र वित्त केन्द्रका अनुसार, रुस, अंगोला, श्रीलंका, नेपाल र पेरु लगायतका १४ साझेदार देशहरूमा २०२२ मा पूर्वाधार निर्माण र लगानीमा २०२१ को तुलनामा बिआरआईको गतिविधि १०० प्रतिशत भन्दाले कमी आएको छ ।

चीनको पाकिस्तानमा लगानी करिब ३४ प्रतिशतले घटेको थियो। बीआरआई अन्र्तगत नै सन् २०२१ को तुलनामा सन् २०२२ मा सब—सहारा अफ्रिका क्षेत्रमा चीनद्धारा निर्माण गरिने पूर्वाधारमा ४४ प्रतिशत र लगानीमा ६५ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी पश्चिम एसियामा चिनियाँ सहभागितामा उल्लेखनीय रुपमा गिरावट आईरहेको छ ।

इक्वेडरको कोका कोडो सिन्क्लेयर जलविद्युत परियोजना र अंगोलामा आवास परियोजना जस्ता ठूला पूर्वाधार परियोजनाहरूमा निर्माण त्रुटिहरूबारे बीआरआई साझेदार देशहरूबाट बढ्दो चिन्ताहरू व्यक्त भएका छन् ।

बीआरआई परियोजनामा हुने भ्रष्टाचार र ऋण, आर्थिक समस्याका कारण चिनियाँ कम्पनीहरूले आयोजना रद्द गर्ने गरेको, अत्यधिक मूल्याङ्कन, लगानीको पारदर्शिताको अभाव, पूर्वाधारको गुणस्तरहीन कारण बीआरआई परियोजनाले आफ्नो शाख गुमाउँदै गएको छ ।

श्रीलंकाको हम्बनटोटा बन्दरगाह र कोलम्बोको व्यापार केन्द्र जस्ता दिगो परियोजनाहरू असफल भएपछि झन् चिन्ता थपिएको छ ।

एयरडाटाको २०२१को अध्ययन अनुसार, चीनको ३५ प्रतिशत बीआरआई अन्र्तगत पूर्वाधार परियोजनामा भ्रष्टाचार, श्रम दुर्व्यवहार, वातावरणीय ह्रास, सार्वजनिक विरोध भएका छन् । यस्तै, धेरै देशहरूले ठूला परियोजनाहरू रद्द वा स्थगित गरेका छन्।

अध्ययनले मलेसियाले चीनको लगानीमा निर्माण हुने ११.६ अर्ब अमेरिकी डलर मूल्य बराबरको पूर्वाधार परियोजना रद्द गरेको छ । यस्तै, काजाकस्तान र बोलिभियाले क्रमशः १.५ अर्ब अमेरिकी डलर र १ अर्ब अमेरिकी डलरका आयोजना रद्द गरेका छन् ।

कोस्टारिका, सुडान, इथियोपिया, इक्वेडर, जाम्बिया र क्यामरुनले कुल ३.३ बिलियन अमेरिकी डलर बराबरका चिनियाँ परियोजनाहरू स्थगित वा रद्द गरेका छन्।

कोभिड–१९का कारण धेरै विकासोन्मुख देशहरूले आर्थिक संकटको सामना गर्नु परेको बेला, केही परियोजनाहरूले अपेक्षित लाभ दिन नसकेका र ऋणको बोझ थपिँदै जाँदा चीनको बीआरआई प्रति नकारात्मक धारण बन्दै गएका छन् । यस्तै एउटा देश श्रीलंका हो, जुन अहिले चिनियाँ ऋणका कारण आर्थिक संकटमा परेको छ ।

बेलायतस्थित ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युट (ओडीआई) ले बीरआई अन्र्तगत २.४ बिलियन अमेरिकी डलर लगानी भएका १५ वटा परियोजनाको विस्तृत विवरण दिएको छ जुन परियोजनाले २०२० मा आर्थिक संकट सामना गरेको छ ।

यसरी आर्थिक संकट सामना गर्ने परियोजना मध्ये जिम्बाब्वेले कुन्ज्वी बाँध बिजुली परियोजना हो जुन निर्माणको लागि चीनको सिनोहाइड्रोसँग सम्झौता भएको थियो ।

अष्ट्रेलियाको लोवी इन्स्टिच्युटको एक अध्ययन सर्वेक्षण अनुसार इन्डोनेसियालीहरू चिनियाँ लगानीप्रति शङ्कालु भएका छन् र करिब आधा उत्तरदाताहरूले दश वर्षभित्र चीन “सबैभन्दा खतरनाक देश” बन्ने बताएका छन्।

आन्तरिक रूपमा पनि बीआरआईको कमजोर भएको छ। चिनियाँ अर्थतन्त्रले रियल स्टेटमा संकुचन, घट्दो जनसंख्या र उत्पादकत्व वृद्धि सुस्त हुनुका साथै बढ्दो चुनौतीपूर्ण विश्वव्यापी भू–रणनीतिक वातावरण जस्ता महत्त्वपूर्ण चुनौती सामना गरिरहेको छ।

आर्थिक मन्दीले बीआरआईमा प्रतिकूल असर पार्नेछ । चिनियाँ नेतृत्वले आन्तरिक लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न, धरासायी सम्पत्ति बजारलाई स्थिर बनाउन, घरेलु उच्च प्रविधि क्षेत्रलाई पुनरुत्थान गर्न र स्थानीय सरकारहरूको सम्भावित ऋण संकट समाधान गर्नु पर्ने आवश्यकता देखिएको छ ।

चिनियाँ नेतृत्वले पनि बीआरआई विरुद्ध निरन्तर बढ्दो टिप्पणी र नकारात्मकतालाई ध्यानमा राखेको छ र यसको सुधारको प्रयास गरिरहेका छन्। चिनियाँ नेताहरूको आफ्नो मन्तब्यमा बीआरआईलाई कम सम्बोधन गर्ने गरेका छन् । सी जिनपिङले आफ्नो २०२२ को कुनै पनि मन्तब्यमा बीआरआई को उल्लेख गरेनन्।

पहिले उनले बीआरआईलाई ‘शताब्दीको परियोजना’ भनेर घमण्ड गर्ने गर्थे तर अहिले सुधारका सन्दर्भमा बोल्दै आएका छन् । उनले अब बीआरआईमा जोखिम नियन्त्रण र सहयोगको खाँचो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस