रविले प्रचण्डलाई चेतावनी दिँदै भने ‘भ्रष्टलाई कारबाही नगरे रास्वपा चुप लागेर बस्दैन’

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइलहरुलाई समयमा नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन् ।

सभापति रवि लामिछानेले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर बस्दैन । रविले चेतावनी दिँदै भनेका छन् खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’ ।

यसैबिच नक्कली शरणार्थी प्रकरणमा आज बिहान मात्रै पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण समातिएका छन् । उनी मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए । दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस