अफगानिस्तानमा पोलियोका रोगी भेटियो

काबुल– अफगानिस्तानमा पोलियो भाइरस भेटिएको छ।

स्वास्थ्य अधिकारीहरूले नान्गाहार प्रान्तमा पोलियोको रोगी भेटिएको अफगानिस्तानको खामा प्रेसले उल्लेख गरेको छ ।

अफगानिस्तानमा सन् २०२३ यता पोलियोको पहिलो घटना फेला परेको तालिवान शासन अन्तर्गतको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार अनुसार, चार वर्षको बच्चालाई यस क्षेत्रमा पोलियो रोग भएको पहिचान गरिएको छ । अफगानिस्तानमा २०२० मा पोलियोका कुल ५६ केस पुष्टि भएका थिए भने २०२१ मा चार र गत वर्ष पोलियोका दुईवटा केस दर्ता भएका थिए ।

पोलियो एक गम्भीर संक्रामक र असक्षम गर्ने रोग हो जुन सामान्यतया दूषित पानी वा खाना मार्फत फैलिन्छ। संक्रमणले स्नायु प्रणालीमा आक्रमण गरेको केही घण्टा भित्र पूर्ण पक्षाघात गराउन सक्छ।

प्रतिक्रिया दिनुहोस