गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताउनु भएकाे छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने उहाँकाे भनाइ छ । शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा अनावश्यक शंका उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

शीर्ष नेताहरुको छलफलमा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै उहाँले आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको दावी गर्नुभयो । उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पुँजीबजार सम्बन्धीका सेटिङहरु भत्काएको बताउनुभयो । उहाँले सरकारले अहिले राजस्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताउनुभयो । उहाँले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस