‘सन् २०२३ मा २ करोड पर्यटकले जम्मू–कश्मीरको भ्रमण गर्ने भारत सरकारको अपेक्षा’

श्रीनगर— जी–२० का मुख्य संयोजक हर्षवर्धन श्रृङ्लाले सन् २०२३म लगभग २ करोड पर्यटकहरू जम्मू र कश्मीर भ्रमण गर्ने अपेक्षा गरेको बताएका छन् ।

श्रृङ्लाले जम्मू—कश्मीरमा आउने विदेशी पर्यटकको संख्या बढाउने सोच रहेको बताए ।

श्रीनगरमा जी–२० अन्र्तगत तेस्रो जी–२० पर्यटन समूह बैठकको पहिलो दिन सोमबार (मे २२) मा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनको यस्तो भनाई आएको हो।

हामीले यो वर्ष जम्मु कश्मीरमा करिब २ करोड पर्यटक आउने अपेक्षा गरेका छौं। तर इको टुरिजम, फिल्म टुरिजम र एडभेन्चर टुरिजमका हिसाबले मूल्य बढाउने मात्र होइन, आउने विदेशी पर्यटकको संख्यामा पनि बृद्धि गर्ने सोच छ। श्रृंगलाले भने।

यसैबीच पत्रकार सम्मेलनमा उपस्थित भएका जी–२० का शेर्पा अमिताभ कान्तले भारतको जी–को अध्यक्षता यस्तो समयमा भएको बताए जब विश्वव्यापी अशान्ति छ।

केन्द्रीय मन्त्री रेड्डीले पर्यटन क्षेत्रमा निजी लगानीमा जोड दिँदै कश्मीर बिना विश्व पर्यटन गन्तव्य बन्न नसक्ने बताए । त्यसैले हामी विश्वव्यापी र घरेलु लगानी चाहन्छौं।

उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हरेक मन्त्रालयले केही न केही जिम्मेवारी लिएर विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न पूर्वाधार विकास गरिरहेको छ ।’

साथै भारत सरकार दिगो पर्यटन र दिगो अभ्यास प्रवर्द्धन गर्न सबै जी–२०मा आबद्ध राष्ट्र, जी–२० बाहेकका राष्ट्र र सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

यसैबीचमा, स्पेन, सिङ्गापुर, मोरिससलगायत सात देशले जम्मु कश्मीरको ग्रीष्मकालीन राजधानीमा फिल्म टुरिजमको बारेमा छलफल गरिरहेका छन् । स्पेन, सिङ्गापुर, मरिसस, नाइजेरिया, दक्षिण अफ्रिका, ब्राजिल र भारत फिल्म पर्यटनको विश्वव्यापी परिप्रेक्ष्यका साथै जम्मू—कश्मीरमा यसको आर्थिक लाभ र प्रभावबारे छल

प्रतिक्रिया दिनुहोस