जिम्मेवारीमा रहँदा समय खेर नफाल्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिम्मेवारीमा रहँदा समय खेर नफाल्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले जनप्रतिनिधिका जिम्मेवारीमा रहेका बेला जवाफदेशी र उत्तरदायी रहनुपर्ने उल्लेख गर्दै समय खेर नफाल्न निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिले हरेक समय आफूले आफैँलाई प्रश्न सोध्नुपर्ने उल्लेख गरे । उनले समयको उपयोगिता तथा महत्वलाई बुझ्न निर्देशन दिएका हुन् ।

‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ ।’ उनले भने, ‘त्यसैले बेलैदेखि हामीले उपलब्धी, कामहरु देखिने गरी जनतासमक्ष प्रस्तुत गरेर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस