धर्म/संस्कृतियात्रा गर्दै हुनुहुन्छ? यसरी प्रारम्भ गर्नुहोस तपाईको यात्रा, पक्कै सफलता मिल्नेछ

यस चराचर जगतमा मन,बचन र कर्मद्वारा दृढ भएर जो अघि बढ्दछ त्यो अवश्यपनि सफल हुन्छ यसमा सन्देह छैन, तर फरक फरक धार्मिक आश्था तथा मान्यता अनुशार गरिने विभिन्न कर्महरु हुन्छन् । जन मानसमा सकारात्मक विचार,उत्साह,हौसला तथा अस्थिर मनलाई स्थिर बनाई सकारात्मक उत्प्रेरण दिनुमा जुनसुकै धर्मको पनि महत्व रहन्छ ।

यात्रा÷साईत गर्दा वा विशेष कारण यात्रा गर्न परेमा वा यात्रा शुभ रहोस् भन्ने ध्येय अनुशार कुनकुन दिशा तथा बारमा यात्रा गर्दा के के भोजन शुभ हुन्छ तथा कुन तिथीमा के भोजन गरि यात्रा वा साईत गर्दा शुभ हुन्छ भन्ने कुरालाई उल्लेख गर्ने प्रयास गरिएको छ ।

दिशा अनुशार
पूर्व तिर यात्रा गर्दा घ्यू, दक्षिण तिर यात्रा गर्दा तील तथा चामल, पश्चिम तिर यात्रा गर्दा माछा र उत्तर तिर यात्रा गर्दा दूध ।

बार अनुशार
आईतबार सिकर्नी, सोमबार पायस, मंगलबार मद, बुधबार तातो दुध, बिहीबार दही, शुक्रबार काचो दुध र शनिबार तिल चामल ।

तिथी अनुशार
प्रतिपदादी तिथिमा क्रमशः अर्कपत्र, चौलानी, घ्यू, जौको सातु, मुगी, सुनपानी, मालपुवा, विजौरा, पानी, गोमूत्र, जौको परिकार, पायस, गुड, रक्त, मूगीमास ।

माथि उल्लेखित बस्तु खान योग्य बस्तु भए खाई अयोग्य बस्तु भएमा हेरी वा सम्झेर मात्र यात्रा गरेमा सफलता पाईने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस