आयुषको निमन्त्रणमा नेपाल आइन् चर्चित पाकिस्तानी टिकटकर जमाली

काठमाडौं । यदि नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ, जो अहिले ‘टक अफ दि टाउन’ बनिरहेका छन् । उनीहरू हुन् आयुष सिंह ठकुरी र अलिजेह जमाली।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।

करिब ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन् । उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो । उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् ।

टिकटक लाइभमा एक–अर्कासँग फ्लर्ट गर्दागर्दै आयुष र जमालीको लभ परेको भनिएको छ । साँच्चै परेको हो वा अभिनय गरिरहेका हुन् उनीहरू नै जानुन् । तर, आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएको चाहिँ सय प्रतिशत सत्य हो । ३ जना बडीगार्डसहितको दलबल लिएर धुमधडाकासहित आउँदा उनलाई स्वागत गर्न आयुष फूलगुच्छा बोकेर एयरपोर्ट पुगेका थिए ।

जमाली नेपाल आएपश्चात् हिजो यो जोडी एउटै फ्रेममा लाइभ आए । उनीहरूले सँगै बसेर प्रेम गरेको हेर्न कल्पनै गर्न नसक्ने दर्शकहरू ओइरिएका छन् । एकपटकमा सवा दुईलाख सम्मले लाइभमा बसेर उनीहरूको प्रेम हेरेका थिए । गिफ्टको त बाढी नै लागिहाल्यो । एक रातमै मालामाल हुने गरी गिफ्ट पाएका छन् उनीहरूले ।

नेपाल आएपछि जमालीले आयुषसँगै पूरा टाइम स्पेन्ड गरिरहेकी छन् । आयुषको परिवारले पनि उनलाई बुहारीको रूपमा स्वीकारेको देखिन्छ । लाइभमा आयुषले प्रेमिकालाई औँठीसमेत लगाइदिएका थिए ।

जमाली र आयुषले अब म्युजिक भिडियोसमेत खेल्ने बताइएको छ । अहिलेसम्म बुर्काले अनुहार छोपिरहेकी जमालीलाई म्युजिक भिडियोमा अनुहार देख्न पाइएला कि भनेर उत्साहित छन् उनका ‘फ्यान’ ।

प्रतिक्रिया दिनुहोस