रेशमको रिहाईप्रति असन्तुष्ट गगन, भन्छन्-‘कानुनको बन्दोबस्त भन्दा बाहिर जान पाइँदैन’

काठमाडौ, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाईलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

आज (सोमबार) आयोजित पार्टीको कार्यक्रलाई सम्बोधन गर्दै उनले सरकार कानुनभन्दा बाहिर गएको टिप्पणी गरे । चौधरीको निर्णयमा सरकारले मन लाग्दी गरेको उनको आरोप छ ।

‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले फैसला गरिसकेपछि अदालतको अन्तिम फैसलाको सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ ।

त्यो कानुनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो सरकारले निर्णय गर्दियो । राष्ट्रपतिले सजाय मिनाहा गर्दिनु भयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो,’– महामन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस