सप्तरीको राजविराजमा प्रेमीले लिभिङ टुगेदरमा बस्दै आएकी प्रेमिकाको गरे ह त्या,यसरी घटेको थियो घटना

सप्तरी/जेठ १५ गते । सप्तरी सदरमुकाम राजविराजमा एक जना प्रेमीले लिभिङ टुगेदरमा बस्दै आएकी प्रेमिकाको ह त्या गरेको खुलेको छ ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ६ घर भई राजविराज ४ स्थित डेरा कोठामा बस्दै आएकी ४१ बर्षीया सोनिता देवीको राजविराज ६ बस्ने ४२ बषपर््य शंकर शर्माले हत्या गरेको खुलेको हो । यादव र शर्मा लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएका थिए ।

शर्माले २४ बैशाखको बिहान ३ बजेतिर सोनिताको घाँटीमा सलले कसेर हत्या गरेको पाइएको सप्तरी प्रहरीका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । मारेपछि शंकरले सोनिताले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएको देखिएको उनले बताए ।एकल महिला सोनिता केहि बर्षदेखि राजविराजमै बस्दै आएकी थिइन् ।

शंका बन्यो ह त्याको कारण

लिभिङ टुगेदरमा बस्दै आएका शंकलाई सुनिताको कुनै अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लाग्यो । उनले सोनितालाई राजविराज बजारमा कोहि केटासँग गफ गरिरहेको देखे । यहीं बिषयमा उनीहरुबीच विवाद भयो । २३ बैशाखको साँझ दुबैबीच विवाद भएर हो–हल्ला हुँदा घरधनी शान्ति साह उनीहरुको कोठामा आएकी थिइन् । त्यस क्रममा दुबैले लेनदेनको विवाद भएको बताएर घरधनीलाई पठाएका थिए ।

२३ बैशाखमा दुबै जनाले चाउचाउ पकाएर खाए । राती करिब ११ बजेतिर सोनिताको लागि धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरुसँग लागेको, आफूसँग टाढा हुँदै गएको महसुस भएपछि पुनः दुबैबीच विवाद हुन थालेको थियो । विवादकै क्रममा शंकरले मेरो पैसा, मेरो जिन्दगी सबै बर्बाद पारिस भन्दा सोनिताले आफ्नो सलले आफैं घाँटीमा बेरी म मरिदिन्छु भनी धम्क्याउन थालेकी थिइन् । ‘तँ किन मर्छेस, मै मारिदिन्छु भनी शंकरले धकेलेछन् । धकेल्दा सोनिता खाटको किनारमा ठोक्किन पुगिन्’ एसपी कार्कीले भने, ‘सोनिताको अनुहारमा चोट लागेको पाइएपछि शंकरले उठाएर खाटमा राखेको र घाँटीमा बेरिएको सललाई जोडले कसेछन् । ८ ÷१० मिनेट पछि नै सोनिताको मृत्यु भएपछि शंकर उनले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर भागे ।’

शंकर सो दिन भारतको अन्द्रामण्ठतिर गएर बसे । मृतकको मोवाइल प्रयोग गरी शंकरले राजविराज ६ बस्ने दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै गएर हेन्र अह्राएपनि उनकी दिदीले सो कुरा अस्वीकार गरेकी थिइन् ।

प्रहरीले शंकरलाई २६ बैशाखमा तिलाठी कोइलाडी गाउँपालिका १ क्षेत्रबाट पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालवतबाट म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ । साभार स्रोत-ईग्रीनमधेश अनलाईन बाट

Tags: सप्तरी खबर

प्रतिक्रिया दिनुहोस