नयाँ रेकर्ड :सुनको मूल्य बढ्यो, हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ…

काठमाडौं । सुनको मूल्यले बिहीबार फेरि नयाँ रेकर्ड बनाएको छ ।बुधबार सुनको मूल्य १ लाख १२ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय १० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस