चीनले पहिलो पटक चन्द्रमामा पठायो नागरिक अन्तरीक्ष यान,तीन यात्रु चन्द्रमामा पुग्ने

जेठ १६ एजेन्सी । चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान सेन्जो–१६ यानले पृथ्वी छाडेको हो।

चीनको जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रमार्फत् चन्द्रमामा पठाइएको उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन् । अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।

चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।

चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ । त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस