क्यानडाले दिन थाल्यो नेपालीलाई यस्तो भिसा !

नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ।कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु

बडाउने निती लिए सँगै गत बर्षमात्रै नेपालबाट २००० भन्दा बढी बिद्यार्थीहरुले क्यानाडा अध्ययन भिसा प्राप्त गरेको गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कंडेलले जानकारी दिए ।

क्यानाडा अध्ययन भिसा सफल दर को बारेमा हामीले प्रश्न गर्दा पछील्लो समय क्यानाडाले उल्लेखनियनरुपमा भिसा दिइराखेको र भिसा आवेदान निर्णय कम्तिमा १० देखी बढीमा ४५ दिनमा आइराखेको काउन्सेलर कंडेलले अपडेट गराए।

त्यसैगरी पहिलो पटक भिसा आवेदन दिदा आर्थिक तथा अन्य कारणहरुले भिसा अस्विक्रित भएका विधार्थीहरुले उक्त कारणलाई प्रत्यक्ष उध्रित गरी पुन अपिल निवेदन दिदा धेरै विधार्थीहरुले क्यानाडा अध्ययन भिसा प्राप्त गरिराखेको, कंडेलले दाबी गरेका छन।

क्यानाडा अध्यागमनले विधार्थीहरुले भिसा निवेदनमा समावेश गरेका आय स्रोत तथा आर्थिक कारोबारको प्रमाण विश्वोसनियता,काम र करीयर औचित्य पुस्टीहुने प्रोग्राम चयन सही भए नभएको सुक्ष्म समिक्षा गरी निर्णय दिइराखेको गोरेटोका अर्का काउन्सेलर सतिश भट्टले उल्लेख गरे ।

क्यानाडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अङ्रेजी प्रबिणता परिक्षा आइ एल टि यस को प्रत्यक मोड्युलमा कम्तिमा ६ र औसतमा ६ वा पि टि इ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५५ र औशतमा ५८ अनिवार्य हुनुपर्ने गोरेटो र आइ सि सि का अध्यक्ष राम खड्काले जानकारी दिए ।

यस्तै स्नातक तहको अध्ययन पछी क्यानाडामा लोकप्रिय प्रोग्राम पोस्ट ग्र्याजुएट डिग्री वा स्नाकोत्तर तहको अध्ययनको लागि आइ एल टियस को प्रत्यक मोड्युलमा कम्तिमा ६ र औसतमा ६.५ वा पि टि इ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५८ र औशतमा ६० हुनुपर्ने अध्यक्ष खड्काले जोडे ।

नेपालमा निश्चित अध्ययन तह पुर गरी काम गर्दै आइरहेका वा ग्याप भएका विधार्थीहरुले पनि क्यानाडा अध्ययन भिसा आवेदन दिन सक्नेछन । क्यानाडा अध्ययनको लागि कुल लागतको प्रश्नमा कम्तिमा एक बर्षको ट्युसन फी औशतमा नेपाली रु. १७ लाख र मितव्ययी तरिकाले खान र बस्न कम्तिमा ८ लाख कुल वार्षिक २५ लाख खड्काले जानकारी दिए ।

नेपाली बिद्यार्थीहरुको क्यानाडा अध्ययन गर्ने वड्दो आकर्षण र पछील्लो क्यानाडा अध्ययन भिसा सफल संख्यालाई मध्यनजर गर्दै गोरेटो कन्सलटेन्सी (नयाँ वानेश्वोर) र आइ. सि. सि. सि. (पुतलिसडक कमलादी) ले यही आउदो अङ्रेजी महिना मे २ तारिकका दिन होटेल एल्लो पागोडामा “सम्राट क्यानाडा शैक्षिक मेला २०२२” आयोजना गर्दै छ।

बिहानको ठीक ११:३० बजे शुरु भइ दिउसो ३:३० मा समापन हुने उक्त प्रोग्राममा क्यानाडाका विभिन्न शैक्षिक संस्थाहरुका प्रध्यापकहरुले क्यानाडा अध्ययन सम्वन्धी जानकारी दिनेछन ।

साथै क्यानाडा अध्ययन सम्वन्धी लामो समय परामर्श दिदै आएका लोकप्रिय क्यानाडा परामर्शकर्ताहरुले पारदर्शी जानकारी दीइने मेलाका समन्वयनकर्ता प्रकाश रेग्मीले वताएका छन ।

त्यस्तै कोरोना महामारीको समयमा पनि गोरेटो र आइ सि सि ले धेरै क्यानाडा अध्ययन जुम मेला गरेको र कोरोन कहर सामान्य हुँदै गइराखेको अवस्थामा भौतिकरुपमा प्रत्यक्ष क्यानाडा शिक्षा मेला हुँदा धेरै बिद्यार्थी तथा अभिभावकहरुलाई समग्रमा क्यानाडा अध्ययन सम्वन्धी सबै जानकारी एकै ठाउमा पाउने सुनौलो अवसर रहन सक्ने रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस