लमजुङ कारागारको पर्खाल चढेर भागेका कैदी र थुनुवा पक्राउ

आज लमजुङ कारागारको पर्खाल चढेर फरार भएका १ जना कैदी र १ जना थुनुवालाई २४ घण्टा नवित्दै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
केही समययता कारागारमा रहेका लमजुङको मध्यनेपाल नगरपालिका ४ दुइपिप्लेका २७ वर्षीय विनोद विक र गोरखाको चुमनुब्री गाउँपालिका २, घट्टेखोला घर भइ हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ फरार भएकोमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जवर्जस्ती करणी र डाकाचोरी मुद्दामा अदालतले कसुर ठहर गरी कारागार चालान भएका विक र ठगी मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका गुरुङ बुधबार राती कारागारको दक्षिणी भागको पर्खालमा मुढा खप्टाएर पर्खाल चढी फरार भएका थिए । फरार विकलाई बिहीबार दिउसो २ बजेतिर बेंसीसहर नगरपालिका २,

चिसापानीको जंगल र गुरुङलाई बिहीबार राती साढे ११ बजेतिर बेंसीसहर नगरपालिका १, चिप्लेटी नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।
विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते जवर्जस्ती करणी करणी मुद्दामा ४ वर्ष कैद र ४ लाख जरिवाना र चोरी अभियोगमा ४५ दिन कैद र ७ हजार ५ सय जरिवाना गरी कारागार पठाएको थियो । ठगी मुद्दाका गुरुङ ३ लाख रुपैया धरौटी तिर्न नसकी २०८० बैशाख ३१ गते मुद्दा पुर्पक्षको लागि कारागार चलान भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस