नयाँ रेकर्डले घट्यो सुनको मूल्य , हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ…

काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्य तोलामा १७ सयले घटेको छ

अघिल्लो कारोबारका दिन शुक्रवार मात्रै हालसम्मकै उच्च दरमा कारोबार भएको थियो । यस दिन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आइतबार भने छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस