दिनमा दुई पटक भित्री कट्टु परिवर्तन अति जरुरी, महिला/पुरुषले जान्नैपर्ने ४ कुराहरू

काठमाडौं । अहिले पनि समाजमा मानिसहरू अण्डरवियरको बारेमा खुलेर कुरा गर्न अप्ठ्यारो मान्छन् ।

जबकि, यी कुराहरू हाम्रो स्वास्थ्यसँग सम्बन्धित हुनुका साथै बिरामी बनाउन सक्ने खालका हुन्छन् । हो, तपाईंले लगाउने अण्डरवियर कत्तिको सफा छ ? त्यसको कमिले तपाईंलाई कस्ता रोग लाग्न सक्छ ?

भन्ने बारेमा धेरै कमलाई थाहा हुनुपर्छ । सोहीकारण आज हामी अण्डरवियरसँग जोडिएका केही गल्तीहरूको बारेमा विस्तृत रूपमा बताउन गइरहेका छौँ । महिला होस् वा पुरुष, अण्डरवियरसँग सम्बन्धित यी ४ गल्ती गर्छन्, जसले चिलाउने र पोल्ने समस्या हुन्छ ।

दिनभर एउटै अण्डरवियर लगाउनु
सामान्यतया मानिसहरू दिनभर एउटै अन्डरवियर लगाउँछन् । यसले वास्तवमा गोप्य भागमा ओसिलो र पसिना ल्याउन सक्छ, त्यसले चिलाउने र दागहरू आउने समस्या हुन्छ । यसबाहेक, त्यसले सो क्षेत्रमा ब्याक्टेरियालाई बढावा दिन्छ र यूटीआई निम्त्याउँछ । त्यसैले, अण्डरवियर दिनमा दुई पटक परिवर्तन गर्नु राम्रो हुन्छ ।

राम्रो घाममा अण्डरवियर नसुकाउनु
यो गल्ती तपाईंको योनि र लिंग क्षेत्रमा भारी पर्न सक्छ । जानकारी अनुसार, राम्रो घाममा अण्डरवियर सुकाउँदा यसमा रहेको ओसिलोका कारण हुने ब्याक्टेरिया र फंगल नष्ट हुन्छ ।

आजको समयमा जब हामीसँग साना घरहरू हुन्छन्, हामी घाममा नसुकेको सुख्खा अण्डरवियर लगाउन बाध्य हुन्छौँ । सो कुरा हाम्रो लागि लाभदायक हुँदैन् ।

अण्डरवियर इस्त्री नगर्नु
यो सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । तपाईंलाई डाक्टरले पनि यो काम गर्न भन्छन् । इस्त्री गर्दा बारम्बार हुने यूटीआई र चिलाउने क्षेत्रमा दागहरू रोक्न सहयोग पुग्छ । वास्तवमा, इस्त्रीमा हुने तातोले ब्याक्टेरिया र फंगसलाई नष्ट गर्दछ, जसले यूटीआई संक्रमणको जोखिम कम गर्ने बताइन्छ ।

अण्डरवियरको सरसफाई
मानिसहरू प्राय: अण्डरवियरको सरसफाइसँग सम्बन्धित कमजोरीहरूमा ध्यान दिँदैनन् । धुँदा साबुन वा डिटर्जेन्ट (सरफ) को कण कपडामा टाँसिनु हुँदैन, तर मानिसहरु त्यस्ता कुरामा ध्यान दिँदैनन् । त्यसबाट हामीलाई पोल्ने र चिलाउने समस्या हुन्छ । त्यसैले अण्डरवियर सफा पानीले राम्ररी धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस