मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–७ दोभानटोलमा बस्ने ३५ बर्षीय धनकुमारी गुरुङले आफ्नो उपचारको लागि आर्थिक सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् ।

दुबै्र मृगौलामा समस्या रहेपछि उनिले सहयोगको लागि अपिल गरेकी हुन् । उनि एक महिनादेखी आर्थिक अवस्था कमजोर रहेका कारण घरमा नै बस्न बाध्य छिन् ।

आफ्नो परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदाँ सहयोग गरिदिन गुरुङले अपिल गरेकी हुन । ‘मेरो परिवारको आर्थिक अवस्था कमजोर छ । दुबै मृगौला फेल भएको हुदाँ उपचारमा धेरै नै खर्च लाग्ने रहेछ । म र मेरो परिवारको क्षमता भन्दा बाहीर रहेको हुदाँ यहाँहरुले सहयोग गरिदिनुहुनेछ भन्ने आश गरेको छु’ उनले भनिन् ।

शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापाले पनि सहयोगदातालाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस