बच्चालाई जुका चूर्ना दोहोरी राखेमा के गर्ने ?

जूका मानिसको आन्द्रामा रगत र खाना चुसेर बाँच्ने परजीवी हो । जूका विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये चुर्ना जूका, गोलो जूका, नाम्ले जूका र अंकुशे जूका मानिसको शरीरमा प्रायः देखा पर्छन्।

जूकाले आन्द्रामा बसेर हजारौं संख्यामा फुल पार्छन् र आफ्नो संख्या बढाउँछन् । जूका र जूकाका फुलहरूको संख्या बढ्दै गएपछि तिनीहरू दिसासंगै बाहिर निस्कन थाल्छन् । यसरी निस्केका जूकाका फुलहरू विभिन्न माध्यमबाट अर्को व्यक्तिको पेटमा पुगी ठूला हुन थाल्छन् । यी जूकाहरू कहिलेकाहीं रक्त प्रणालीमा पुगी शरीरको सम्पूर्ण भागमा फैलन्छन् र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छन् ।

ncch
जूकाले कसलाई बढी असर गर्छ ?

जूका जसलाई पनि पर्न सक्छ तर खास गरी तल लेखिएका मानिसहरूलाई जूकाले बढी नराम्रो असर पार्छ

-पाँच वर्ष मुनिका बालबालिकालाई,।

-विद्यालय जाने उमेरका बालबालिकालाई।

-बच्चा जन्माउने उमेरका महिला र किशोरीहरूलाई ।

जूका मानिसमा कसरी सर्छ ?

-जूका मानिसको आन्द्रामा बस्ने हुनाले जूकाले आन्द्रामै फुल पार्छ ।

-पेटमा जूका बढ्दै गएपछि जूकाका फुलहरु मानिसको दिसासंगै बाहिर निस्कन्छन् ।

-जथाभावी दिसा बस्दा जूकाको फुल जताततै फैलिई सागपात, माटो, पानी आदिमा सर्छन् ।

-फोहोर हात वा झिंगा तथा जनावरहरूले दूषित पारेको खानेकुरा खाँदा ।

-खानाको माध्यमबाट जूकाको फुल पनि मानिसको आन्द्रामा पुग्छ ।

-जूकाको फुल मानिसको शरीरमा प्रवेश गरेर जूकाको पूर्ण विकास हुन्छ र त्यसले आन्द्रामै फुल पार्छ ।

-कुनै कुनै जूका (अंकुशे जूका) को लार्भा मानिसको छाला छेडेर पनि शरीरभित्र पसेर श्वासनलीको बाटो हुँदै आन्द्रामा पुग्छ ।

बच्चालाई जुका चूर्ना दोहोरी राखेमा के गर्ने ?

-खाना खाएपछी दिसा पिसाब गरिसके पछी बच्चाको हात साबुन पानीले राम्रोसंग धोई दिने।

-बच्चाको भित्री लुगा दैनिक बदलदीने, कमतीमा ४० डिग्रीको तापक्रममा धुने।

-बच्चाको नंग छोटो राखने,नंगमुनि पनी दैनिक सफा गरिदिने, नंग टोकने, औंला मुखमा हालने बानी दुरुत्साहित गर्ने।

-जुकाको औषधी २ हफ्ता र ४ हफ्तामा (जम्मा ३ पटक) फेरी दोहोर्याएर खुवाउने।

-जुकाको औषधी खुवाएपछी लगाउने ओढ़ने ओछ्याउने सबै कपड़ा साबुन र तातोपानीले धोईदिने।

-घरको अन्य सबै सदस्यहरूलाई पनी जुकाको औषधी खुवाउने।

-बच्चाको कपड़ा रूमाल अरुले प्रयोग नगर्ने, बच्चाले अरुको प्रयोग नगर्ने।

-बच्चाको मलद्वार दैनिक सफा गरीदिने।

प्रतिक्रिया दिनुहोस