पत्रकार सामी अब्राहमलाई अपहरण गरेको परिवारको दाबी

कराची— वरिष्ठ पत्रकार सामी अब्राहमलाई मे २४ मा इस्लामाबादबाट अज्ञात व्यक्तिहरू अपहरण गरी लगेको पारिवारले दाबी गरेका छन् । उनको अवस्था अझै पनि अज्ञात रहेको छ ।

अब्राहमलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ, तर राजधानी प्रहरीले जारी गरेको विज्ञप्तिमा उनीहरूले पत्रकारको परिवारलाई सहयोग गर्ने र उनको खोजी गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ।

अब्राहमका भाइ अली रजाले आबपारा प्रहरी चौकीमा अपहरणको उजुरी दिएका छन् ।

निवेदनका अनुसार अब्राहमलाई बोल टिभी अफिसबाट निस्किएर घर जाँदै गर्दा राति ९ बजे सेक्टर जी–६ स्थित सिक्सथ एभिन्यूको सर्भिस रोडमा चारवटा कारले रोकेको थियो । आठदेखि दश जना अपरिचित व्यक्तिले गाडीबाट निस्केर उनलाई जबरजस्ती लिएर गएको बताइएको छ ।

घटनाको समयमा अब्राहमका चालक अरशद उनीसँगै थिए। ती मानिसहरूले चालकलाई छोडेर अब्राहमलाई आफूसँगै लगे।

ती व्यक्तिहरूले चालक र अब्राहमका तीनवटा मोबाइल फोन र कारको चाबी पनि लिएर गएको निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस