३४ वर्षीय सैनिक कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृ*त्युपछि उनकी आमालाई पनि बचाउन सकेनन् डाक्टर

एजेन्सी । अमेरिकामा एक ३४ वर्षीय सैनिक सिमोन जामुदिओको कोरोना भाइरसबाट मृत्यु भएको छ । उनको मृत्युपछि उनकी ७० वर्षीय आमाको पनि यस महामारीबाट मृत्यु भएको छ ।

अमेरिकाको एरिजोनामा जन्मिएका सिमोन र उनकी आमाको मृत्युपछि उनको घरमा उनकी पत्नी र ११ महिनाको छोरी रहेकी छिन् ।

स्थानीय मिडियाका अनुसार सिमोनका बुवाको सिमोन एक वर्षको हुँदा मृत्यु भएको थियो ।
परिवारका अनुसार सिमोनलाई कोरोना भाइरस विरुद्ध लड्न जम्मा आठ दिनको समय मिलेको थियो ।

खासमा सिमोनले आफ्नी आमालाई अस्पतालमा भर्ना गराउन भनी लगेका थिए । अस्पतालबाटै सिमोनमा कोरोना संक्रमण भएको थियो ।

सिमोनको परिवारका अनुसार सिमोनमा सुरुको तीन दिन सामान्य लक्षण देखिएको थियो । तर, एक्कासी हालत बिग्रियो ।

सिमोनकी बहिनी एलिसियाले मिडियासँग कुरा गर्दै भनिन्, “तीन महिना पहिला हामी कोरोना भाइरसलाई लिएर विश्वास गर्दैनथ्यौँ । तर, यस महामारीको कारण यति ठुलो नोक्सान उठाउन पर्ला भनी हामीले सोंचेका थिएनौँ । ती मानिसहरु जसले कोरोनालाई सामान्य सम्झेका छन्, उनीहरुले यो सम्झिन पर्छ की यो कति खतरा छ ।”

प्रतिक्रिया दिनुहोस