लाहोर— पाकिस्तान सरकारले इस्लामावाद उच्च अदालतमा पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) एक विदेशी भूमि भएको स्वीकार गरेको छ ।
पाकिस्तानका अतिरिक्त महान्यायाधिवक्ताले अदालतलाई कश्मीरी कवि तथा पत्रकार अहमद फरहाद शाह पीओकेमा पुलिस हिरासतमा छन् र पाकिस्तानको अधिकार क्षेत्र अन्तर्गत नपर्ने विदेशी भूमि पीओकेमा रहेकाले इस्लामावाद उच्च अदालतमा पेश गर्न नसकिने बताएका छन् ।
शाहलाई पाकिस्तानी गुप्तचर एजेन्सीले रावलपिंडीस्थित उनको निवासबाट अपहरण गरेपछि शाहकी पत्नीले दायर गरेको निवेदनमा अदालतले सुनुवाइ गरिरहेको थियो।
शाह विगत दुई सातादेखि बेपत्ता छन् र हालसालै पीओकेमा प्रहरीले उनीविरुद्ध दुईवटा मुद्दा दर्ता गरेको पाइएको थियो।
इस्लामाबाद उच्च अदालतले यदि पीओके विदेशी भूमि हो र पाकिस्तानको अभिन्न अंग होइन भने, पाकिस्तानी सेना र पाकिस्तानी रेंजर्स कसरी भूमिमा प्रवेश गरे भनेर प्रतिपश्न गरेका थिए ।
सुनुवाइको क्रममा उच्च अदालतका न्यायाधीश मोहसिन अख्तर कयानीले पाकिस्तानी गुप्तचर एजेन्सीले मानिसहरूलाई जबरजस्ती अपहरण गर्ने कार्य गरेकोमा आलोचना गरे।