पाकिस्तानमा अत्यावश्यक वस्तुहरूको मूल्य आकाशियो

 

कराँचीः पाकिस्तानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

मुद्रास्फीति बढेसँगै खाना पकाउने तेल, दाल, पिठो, चिनी, दूध, कुखुरालगायत अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ ।

एआरवाई न्यूज अनुसार मुद्रास्फीति दर २३ प्रतिशत नाघेका २५ अत्यावश्यक वस्तुको मूल्य नाटकीय रूपमा बढेको देखाएको छ ।

सरकारले नागरिकलाई राहत दिने दाबी गरे पनि मुद्रास्फीति निरन्तर उकालो लाग्ने क्रममा दैनिक उपभोग्य वस्तुमा सबैभन्दा बढी असर परेको छ । विद्युत, वनस्पति घिउ, खाना पकाउने तेल, दाल, पिठो, चिनी, दूध, कुखुराको मासु लगायतका वस्तुमा मूल्य बढेको छ ।

दालको मूल्य प्रतिकिलो ६५ रुपैयाँले बढेको छ भने खाना पकाउने तेलको मूल्य प्रतिलिटर ३०–४० रुपैयाँले बढेको छ ।

चिनी प्रति किलोग्राम २५ देखि ३० सम्म महँगो भएको छ, र कुखुराको मासु अहिले प्रतिकिलोग्राम ८० देखि १०० रुपैयाँसम्म महँगो भएको छ, जसको मूल्य प्रतिकिलोग्राम ६०० देखि ६५० सम्म पुगेको एआरवाई न्यूजले गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस