अष्ट्रेलियाको सिनेटढारा चीनमा भईरहेको अवैध अंग निकाल्ने कार्य रोक्न विधेयक पारित

सिड्नीः अस्ट्रेलियाको सिनेटले अवैध अंगको तस्करी र जीवित मानिसहरूबाट जबरजस्ती अङ्ग निकाल्ने विरुद्ध नयाँ विधेयक पारित गरेको छ ।

चीनमा फालुन गोंग धार्मिक आन्दोलनका अनुयायीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीद्वारा जबजस्ती मानव अंग निकाल्नको लागि प्रयोग गरिएको छन् । यस विधेयकले यस्ता कार्य रोक्नेछ ।

लिबरल पार्टीका सिनेटर डीन स्मिथद्वारा पेश गरिएको माइग्रेसन एमेन्डमेन्ट (ओभरसिज अर्गन ट्रान्सप्लान्ट डिस्क्लोजर र अदर मेजर्स) बिल २०२३ लाई लिबरल, नेसनल, ग्रीन पार्टीका सिनेटरहरू र स्वतन्त्र सिनेटर डेभिड पोककले समर्थन प्राप्त गरेपछि अगस्ट २१ मा सिनेटबाट पास भएको छ ।

यो विधेयक अब थप छलफलका लागि प्रतिनिधि सभामा जाने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यस विधेयकले माइग्रेसन ऐन १९५८ लाई परिमार्जन गर्नेछ । यस विधेयकमा समुद्र वा हवाई मार्गबाट ​​अष्ट्रेलिया प्रवेश गर्ने वा फर्कने व्यक्तिहरूले आगमन यात्री कार्डमा उनीहरूले पछिल्लो पाँच वर्षमा विदेशमा अंग प्रत्यारोपण गरेको भए उल्लेख गर्नुपर्नेछ ।

यदि अंग प्रत्यारोपण गरेको भए अष्ट्रेलियामा आउनेहरूलाई कुन देश, राज्य र क्षेत्रमा प्रत्यारोपण गरिएको र अस्पतालको नाम समेत उल्ल्ेख गर्नुपर्ने द इपोक टाइम्स उल्लेख गरेको छ ।

यो तथ्याङ्क सङ्कलन गरी वार्षिक प्रतिवेदनमा प्रकाशित गरिनेछ। यो पछि संसद्मा पेश गरिनेछ ।

यसले प्रत्यारोपण पर्यटनसँग सम्बन्धित संवेदनशीलता र जोखिमहरूबारे सचेतना जगाउन पनि काम गर्नेछ ।

विधेयक पारित हुने क्रममा, फालुन गोङका अनुयायी चेङ पेइमिङको कथालाई बेलायत, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाका प्रमुख सञ्चारमाध्यमहरूले व्यापक रूपमा समाचार बनाएका थिए । चेङ पेइमिङ चिनियाँ कम्युनिष्ट पार्टीबाट अंग निकाल्ने क्रममा बच्ने पहिलो पीडित हु

प्रतिक्रिया दिनुहोस