पाकिस्तानलमा सहुलियत पसलहरु बन्द, निम्न आय भएका व्यक्ति मर्कामा

इस्लामावादः प्रधानमन्त्री शेहबाज शरीफको नेतृत्वमा रहेको पाकिस्तानी सरकारले आर्थिक संकटको कारण देखाउँदै देशभरका सहुलियत पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

सहुलियत पसल बन्द हुनाले कम आय भएका पाकिस्तानी नागरिकमा थप आर्थिक बोझ थपिएको छ ।

द एक्सप्रेस ट्रिब्यूनको लेखेको खराब निर्णय सम्पादकीयमा देशभर सञ्चालित सरकारबाट अनुदान प्राप्त सहुलियत पसल बन्द गर्ने निर्णय गलत भएको भन्दै यसले सामाजिक अशान्ति निम्त्याउने उल्लेख गरेको छ ।

यस्ता पसलमा करिब ११,००० मानिसहरूलाई रोजगारी पाएका थिए भने यस्ता करिब ५ हजार ९ सय पसलबाट करिब ३ करोड न्यून आय भएका व्यक्तिलाई सेवा पाईरहेका थिए ।

यस निर्णयले पाकिस्तानी सरकारको चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस