नयाँ दिल्ली— भारतको रक्षा निर्यात २०१७ मा १५ बिलियन रुपैयाँ बाट २०२४ सम्म आइपुग्दा २१० बिलियन रुपैयाँ पुगेको एन्टिक स्टक ब्रोकिङ द्वारा आयोजित डिफेन्स कन्फरेन्स ३ मा प्रस्तुत एक अध्ययनले देखाएको छ ।
अध्ययनमा चीनको रणनीतितर्फ विश्वव्यापी परिवर्तन र रुस—युक्रेन युद्धको प्रभावले भारतलाई आपूर्ति शृङ्खला रिक्तताहरू भर्ने थप अवसरहरू प्रदान गरेको छ । यसले सम्भावित रूपमा विश्वव्यापी रक्षा उद्योगमा आफ्नो हिस्सा बढाउने नयाँ अध्याय सुरु भएको छ ।
यस परिवर्तनले भारत रक्षा उत्पादनको नयाँ हब बन्ने प्रक्षेपण गरिएको छ ।
भारतको रक्षा मन्त्रालयले भारतीय निजी उद्योग र विश्वव्यापी मूल उपकरण निर्माताहरूलाई आकर्षित गर्न एयरोस्पेस पार्क र डिफेन्स कोरिडोरहरू स्थापना गर्न, द्रुत ट्र्याकिङ परियोजना स्वीकृतिहरू, र विकास र परीक्षण सुविधाहरूमा वृद्धि गर्ने मुख्य पहलहरू गरेको छ।
भूराजनीतिक चुनौति र यसको सशस्त्र बलको आधुनिकीकरणको आवश्यकतालाई ध्यानमा राख्दै अध्ययनले स्थानीय कम्पनीहरूको लागि पर्याप्त व्यापार अवसरहरू प्रदान गर्दै, घरेलु खरिदमा ८ लाख बढी करोड रुपैयाँ लगानी गनुपर्ने जनाएको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार भारतको रक्षा उत्पादन क्षेत्रमा आर्थिक वर्ष २०२३—२४ मा १६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। यो उल्लेखनीय वृद्धिले देशको रक्षा उत्पादन मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि हो। यस वर्ष रक्षा उत्पादनको कुल मूल्य १,२६ दशमलवव ८८७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तथ्याङ्कभन्दा बढी हो।