इस्लामावाद— पाकिस्तानको राजधानी इस्लामावादमा कार्यरत प्रहरीका एक उपनिरीक्षक (एसआई) लाई दुई दिनसम्म अवैध रूपमा दुई बालिकालाई थुनामा राखेर शारीरिक दुव्र्यवहार गरेको पाइएपछि निलम्बन गरी जेल चलान गरिएको छ।
बालिकाका आफन्तले प्रहरी महानिरीक्षक सैयद अली नासिर रिजवीलाई दिएको उजुरीका आधारमा एसआईविरुद्ध कारबाही गरिएको हो ।
ती प्रहरी कर्मचारीले बालिकालाई उठाएर प्रहरी चौकीमा थुनेर राखेको र शारीरिक दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ ।
एसआईले सेप्टेम्बर १६ मा कराँचीको एक कम्पनीमा भीख माग्दै गर्दा १० वर्ष र १२ वर्षको बालिकालाई पक्राउ गरेका थिए ।
पछि एसआईले बालिकाहरुलाई आफू तैनाथ भएको शाम्स कोलोनी प्रहरी चौकीमा लगेर अवैध रुपमा दुई दिनसम्म हिरासतमा राखेको प्रहरीले जनाएको छ । सेप्टेम्बर १८ मा उनले उनीहरूलाई इधी सेन्टरमा लगेर छोडेका थिए ।
अवैध थुनामा राख्दा एसआईले आफूहरूलाई दुर्व्यवहार गरेको उजुरीकर्ताहरूले आरोप लगाएका छन्। आरोप पछि बालिकाको मेडिकल परिक्षण गराइएयो थियो जसको पुष्टि भएको थियो ।
एसआई दोषी ठहर भएपछि डिआइजी रजाले उनलाई निलम्बन गर्दै उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएका थिए ।
डिआइजीले उनी अहिले जेलमा रहेको र आईजीपीको निर्देशनमा उनलाई सेवाबाट बर्खास्त गर्न विभागीय कारबाही थालिएको बताएका छन् ।