आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं- पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ ।

सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज  सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।

शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस