के तपाई तनावमा हुनु हुन्छ ? दिमागलाई फ्रेस राख्न यी उपाय काम लाग्छन्

मानिसहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागी धेरै सपनाहरु देखेका हुन्छन् । उनीहरु जीवनमा केहि कुरा हाँसिल पनि गर्न चाहन्छन तर ति कुराहरु पाउन अथवा सफलता प्राप्त गर्न त्यति सजिलो पनि हुदैन ।

त्यसको लागी धेरै परिस्थितिहरुको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । जीवनमा अघि बढ्ने क्रममा साना ठुला समस्या हरुको सामना गर्दै जादा दिमागमा पनि अनेक कुराहरु खेल्ने गर्छन ।

जस्तै : मा यो काम गर्न सक्छु कि सक्दिन होला, अब यसपछि फेरी कस्तो समस्याको सामना गर्नुपर्ने होला, यस्तै यस्तै कुराहरु मनमा खेलिरहन्छन । जब मानिसहरुको मनमा अनेकौ कुराहरु खेल्न थाल्दछ तब ऊ डिप्रे सनमा जान सक्दछ ।

यसले गर्दा आफ्नो मान सिक स्वास्थ्य लाई पनि ख्यालमा राखेर अघि बढ्नु पर्दछ । यदि मनमा धरै कुराहरु खेलिरहेका छन् भने आफ्नो मन मिल्दो साथीभाईहरु सग त्यो कुरा शेयर गर्ने गर्नुहोस् । यसले गर्दा तपाईको मन हल्का हुन्छ ।

आजकल मानिसहरु धेरै तनावमा रहने गर्दछन । आफ्नो घर परिवारलाई लिएर तनाव मा हुन्छन भने कतिपय आफ्नो करियरलाई लिएर त नावमा रहेका हुन्छन । त्यसैले आज हामी यस्ता कुराहरुलाई मध्यनजर गर्दै यस्ता समस्याहरुबाट कसरी छुटकारा पाउने भन्ने बारे चर्चा गर्न गईरहेका छौ ।

तनावमा रहिरहनु भनेको एकदमै गम्भी र समस्या हो त्यसैले हामीले यसलाई सामान्य रुपमा लिनु हुदैन । किनकि तनावमा रहेका कारण मानिसहरुबाट अप्रिय घटनाहरु पनि घट्ने गर्दछ ।

दिमागलाई सन्तुलनमा कसरी राख्ने ?

१. लेख्ने बानीको विकास गर्नु

यदि तपाइको दिमागमा एकै चोटी धेरै कुराहरु आइरहेका छन् भने ति कुराहरुलाई आफ्नो निजि डायरीमा टिपोट गर्नुहोस् । ति कुराहरुलाई दिमागमै राखिरहनु भयो भने तपाइको दिमागलाई निकै प्रेस र पर्छ त्यसैले दिमागमा जे जति कुराहरु आए पनि त्यसलाई टि पोट गरिहाल्नुहोस । यसरी दिमागमा आएको कुराहरुलाइ टिपो ट गर्ने बानीले दिमागी सन्तुलन कायम राख्न मद्दत पुग्दछ ।

यदि तपाईको लेख्ने बानी छैन भने एकपटक लेखेर हेर्नुहोस् तपाईको मन हल्का हुनेछ । र तपाई विकल्प र बिचारको पनि राम्रो सग बिश्लेषण गर्न सक्नुहुनेछ । नका रात्मक्क होस् वा सकारा त्मक कुरा त्यसलाई टिपोट गरिहाल्नु र ति मध्ये कुन कुराले तपाईलाई फाईदा पुर्याउछ र कुन कुराले बेफाइदा त्यसको बारेमा बिचार गर्नुहोस् ।

२. आफ्नो लागी ठाउँ बनाउनुहोस्

मानिसहरुको कस्तो बानी हुन्छ भने उनीहरु आफ्नो बारेमा भन्दा बढी अरुको बारेमा सोचेर तना वमा आउने गर्दछन । त्यसैले सबैभन्दा सुरुमा आफुलाई महत्व दिनुहोस । आफुले गर्ने कामहरुलाई बढी प्राथमिकता दिने गर्नुहोस् । जतिबेला पनि काम मात्र भनेर नबस्नुहोस ।

मनोरंजनका लागी पनि समय निकाल्नुहोस । हप्तामा एक पल्ट साथीभाईहरु संग वा आफ्नो परिवार संग कतै रमाइलो ठाउमा घुम्न जाने गर्नुहोस् । बिभिन्न चाडपर्वहरुमा मन खोलेर रमाउने गर्नुहोस् । हरेक कुरालाई सकारात्मक तरिकाले हेर्ने गर्नुहोस् । यसो गर्दा तपाईमा एउटा सका रात्मक उर्जा आउछ र नका रात्मक बिचारहरुले तपाईमा ठाउ पनि पाउदैनन ।

३. जीवनको लागी प्राथमिकता छुट्याउनुहोस्

सबैभन्दा सुरुमा तपाइले गर्ने काम र तपाईको जीवनको महत्वपूर्ण कुराहरुलाई प्राथमिकतामा राख्नुहोस् । किनकि आफ्नो जीवन आफैले बनाउने हो त्यसैले प्राथमिकताहरु छुट्याउन एकदमै जरुरी हुन्छ । तपाईको लागी महत्वपूर्ण के छ त्यसमा मात्र ध्यान केन्द्रित गर्ने गर्नुहोस् ।

अरुले आफ्नो बारेमा के भन्छन भनेर नसोच्नुहोस । यसले गर्दा तपा इँसंग अनावश्यक कुराहरुको लागी समय पनि हुदैन र तपाईको इज्जत पनि बढ्दै जान्छ । यसरी आफ्नो काममा ध्यान केन्द्रित गर्दै जानुभयो भने करि यरमा सफल पनि बन्नुहुनेछ । त्यसपछि तपाईको दि मागबाट अनावश्यक कुराहरु पनि घट्दै जान्छ र तपाईको समाजमा पनि एउटा राम्रो छाप बस्ने छ ।

४. सम्बन्ध बिस्तार गर्नुहोस्

जीवनमा सधै सका रात्मक सोच भएका व्यक्तिहरुको मात्र सं गत गर्नुहोस् । उच्च बिचार भएका व्यक्तिहरु संग सम्बन्ध बिस्तार गर्दै जानुभयो भने तपाईको काम गर्ने क्षेत्रमा पनि सहयोग पुग्नेछ । आफ्नो काम र व्यक्तिगत जीवनलाई एकै ठाउमा मिलाएर नबस्नुहोस ।

व्यक्तिगत जीवनलाई बेग्लै र खुसि भएर बाच्नुहोस । आफ्नो पेशागत म र्यादा र जीवनलाई ध्यानमा राखेर आफ्नो सिमितता बनाउदै जानुहोस । यसले गर्दा तपाइँ बिना कुनै अलमल अगाडी बढ्न सक्नुहुनेछ र तपाईको दिमा ग मा अनावश्यक कुराहरु पनि आउदैनन ।

५. काम गर्ने बानीको बिकास गर्नुहोस्

जति धेरै कम गर्यो त्यति बढी दिमागबाट नका रात्मक कुराहरु पनि हट्दै जान्छ । जो मान्छे केहि काम नगरी बस्छ उसको दिमागमा अनेकौ कुराहरु खेल्न थाल्दछ र उसको दिमागी सन्तुलन पनि बिग्र न सक्दछ । त्यसैले काम नगरी बसेर आफ्नो दिमागमा नराम्रो कुराहरुलाई डेरा बसौं नदिनुहोस् । आफुले आफुलाई ब्यस्त राख्नुहोस् ।

एकैपटकमा धेरै काम गर्न नखोज्नुहोस । पलाई पालो काम गर्ने गर्नुहोस् । एकैपटक धेरै काम गर्ने भनेर सोच्न थाल्नु भयो भने त नाव मात्र बढ्छ त्यसैले हरेक काम पालै पालो गर्ने गर्नुहोस् । धेरै काम गर्दा तपाईको समय ब्यबस्थापन पनि मिल्दैन र तपाइँको ध्यान नै अलमल पर्छ । त्यसैले आफुलाई कुन काम गर्दा खुसि मिल्छ त्यो काम गर्नुहोस् ।

६. तालिका बनाएर काम गर्नुहोस्

आफ्नो दिन अस्त व्य स्त भयो भने दिमागमा नका रात्मक कुराहरु आउन थाल्दाछ र त नाव पनि बढ्छ । त्यसैले समय ब्यबस्थापन गरेर आफ्नो काम गर्ने गर्नुहोस् । समय ब्यबस्थापन गर्दा सबै कामहरु बिना कुनै झ न्झट गर्न सकिन्छ । र, आफ्नो दैनिकीलाई ब्यबस्थित बनाउन सकिन्छ । समयलाई महत्व दिनुहोस र अघि बढ्नुहोस । यदि तपाइँ करियरमा पनि सफल बन्न चाहनुहुन्छ भने समयलाई पनि महत्व दिनु एकदम जरुरी हुन्छ ।

७. व्यक्तित्व बिकासमा लगानी गर्नुहोस्

आफु बस्ने ठाउँ र आफुले काम गर्ने ठाउ सफा र सुन्दर राख्नुहोस् । बिभिन्न सभा तथा सेमिनारहरुमा सहभागी हुने गर्नुहोस् । यसले तपाइ नयाँ कुराहरु सिक्न पाउने हुनेछ । नयाँ साथीहरु बनाउन पाउने मौका पनि पाउनेहुनेछ । नयाँ कुरा सिक्ने तालिमहरु खुलेको ठाउमा सहभागी हुन जानुहोस । नबुझेको कुरा सोध्ने गर्नुहोस् । आफुलाई आर भन्दा फरक ढंगले प्रस्तुत गर्नुहोस् ।

नयाँ – नयाँ कुराहरुसंग अपडेट रहनुहोस् । तपाईमा जति धेरै कुराहरुको जानकारी हुन्छ त्यति बढी तपाईमा राम्रा कुराहरु आउन थाल्नेछन । पुस्तकहरु खोजि खोजि पढ्ने गर्नुहोस् । यस्ता कामहरु गरिरहदा तपाइँ संग अनावश्यक कुराहरु सोचेर बस्ने फुर्सद पनि हुदैन र तपाइँ एक सकारात्मक बिचार लिएर अगाडी बढ्न सक्नुहुनेछ ।

८. शारीरिक अभ्यास र योगा गर्नुहोस्

बिहान अरु उठ्नु भन्दा अगाडिनै उठेर एक घण्टा भए पनि हिड्ने गर्नुहोस् । बिहानको चिसो हावामा हिड्दा दिमाग पनि फ्रेश रहन्छ र शारीरिक तन्दु रुस्ती सगै दिमागमा बेग्लै किसिमको उर्जा पनि थपिदै जान्छ । हरियाली र शान्त भएको ठाउमा गएर केहि समय भए पनि बस्ने गर्नुहोस् । बिहानै उठेर योगा गर्ने गर्नु किनकि यसले शरीरमा भएको रोगहरुलाई पनि ठिक गर्दछ । शारी रिक अभ्यास गर्दा शारीरिक तथा मानसिक स्फूर्ति पनि बढ्छ ।

विशेष टिप्स

अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

माथि उल्लेख गरिएका कामहरु यदि तपाइले आज बाट आफ्नो जीवनमा लागु गर्नुभयो भने नकारात्मक सोच र आलस्यता बाट तपाइँ टाढा रहनुहुनेछ । र, तपाईको दिमागबाट तनाव पनि कम हुदै जान्छ । संसारमा जति पनि समस्याहरु छन् तिनीहरुको समाधान् पनि छ तर कतिपय मानिसहरु त्यसको खोजिनै गर्दैनन् र जिन्दगीभर पछुताएर बस्ने गर्छन ।

त्यसैले के समस्या छ त्यसबारे खोजी गर्नुहोस् र त्यसको समाधान के छ त्यसलाई आफ्नो जीवनमा लागु गर्न थालिहाल्नुहोस । यसो गर्नाले तपाइँ एक स्वस्थ र सुन्दर जीवन बाच्न सक्नुहुनेछ । आफु र आफ्नो परिवारलाई तनावमुक्त राख्नुहोस् । सधै दिमागमा सकारात्मक सोच राख्नुहोस् । जतिसक्दो नकारात्मक कुराहरुबाट टाढा नै बस्नुहोस । किनकि सकारात्मक सोचले नै तपाईलाई उज्यालो पाटोतर्फ लैजान्छ ।

प्रतिक्रिया दिनुहोस