आजको राशिफल : २०७७ साल असार २० गते शनिबार

२०७७ साल आषाढ शुक्लपक्ष असार २० गते शनिवार चतुदर्शी तिथि मूल नक्षत्र चन्द्रमा धनु राशिमा

मेष राशी : भाग्यमा वृद्धि हुनेछ रोकिएको काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । पिताजीसगँ मिलेर गरेको काममा सफलता हात पर्न सक्नेछ ।

वृष राशी : स्वास्थ्यमा विचार गर्नुहोला अन्यथा चोट पटक वा सामान्य रुगा खोकिले सताउन सक्नेछ । काममा भने वाधा अर्डचन प्राप्त हुन सक्छ । अरुको विस्वास गर्नु पूर्व धेरै विचार गर्नु होला ।

मिथुन राशी : रोजगार वा दाम्पत्य जीवनमा भएको समस्या कम भएर जानुका साथै दाम्पत्य जीवनमा सफलता हात पर्ने छ । पाटनरसिपमा गरेको काममा सफलता हात पर्ने छ ।

कर्कट राशी : स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नुका साथै मामा सँग मिलेर गरेको काममा समस्या देखापर्न सक्नेछ । शत्रु भने परास्त हुनुका साथै रोजगारको अवसर छ ।

सिंह राशी : सन्तान सुखको साथै बुद्धि लगार गर्ने काममा प्रशंसा प्राप्त हुनेछ । आर्थिक हानिको समस्या कम भएर जानुका साथै व्यवसाय वाट मनग्गे लाभ प्राप्त हुन सक्ने छ । स्वास्थ्यमा सुधार हुदै जानेछ ।

कन्या राशी : घर परिवारमा सामान्य कलहको वातावरण वन्न सक्नेछ । आफूले गरेको काममा भने प्रशंसा मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि प्राप्त होला । आमाको स्वस्थ्यलाइ लिएर केही समस्या देखा पर्न सक्नेछ ।

तुला राशी : थोरै मेहनत गर्दा पनि ठुलो परिणाममा सफलता हात पर्ने छ । रोकिएको धन आउनुका साथै साथिभाइ सँगको भटले मन रमाउने छ । तपाइले गरेको कामको चौतर्फ चर्चा परिचर्चा हुनेछ ।

वृश्चिक राशी : बोलीमा संम्यमता अपनाउनु जरुरी छ अन्यथा विवादमा पर्न सकिन्छ । कुटुम्ब सँगको सम्बन्ध भने सप्रेर जानुका साथै नँया कामको थालनी हुन सक्ने छ । नसोचेको ठाउँबाट अकस्मात धन प्राप्त हुन सक्नेछ ।

धनु राशी : मान सम्मानमा वृद्धि हुनुका साथै तपाइको गुणगान गाउने व्यक्तिहरु बढ्नेछन् । आत्मबल वृद्धि हुने कारणले गर्दा काम वा व्यवसायमा पनि नाफामुलक हुनेछ ।

मकर राशी : समय अलि खराव छ सतर्क भएर काम वा व्यवसायमा हात हाल्नु होला । दाम्पत्य जीवनमा पनि सामान्य समस्या हरु देखा पर्न सक्नेछन् । सतकै भएर काममा अगाडी जाँदा राम्रो हुने देखिन्छ ।

कुम्भ राशी : आर्थिक लाभको साथै काममा सफलता पाउन सकिन्छ । नसोचेको ठाउँबाट धन प्राप्त होला । रोजगारमा गुमेको पद प्राप्त हुन सक्छ दाम्पत्य जीवनमा भरपुर सुख आनन्द प्राप्त होला ।

मीन राशी : काममा मन लाग्नुका साथै गरेको काममा सफलता हात पर्ला । धोका दिएका व्यक्तिहरु तपाइसँग नै झुक्न आउने कारणले गर्दा विग्रेको काम भने वन्नेछ ,मन प्रसन्न हुनेछ ।

यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो । उहाँ केटीएम दैनिकसँग आबद्ध हुनुहुन्छ ।

Tags :ज्याे. जिबन पाैडेल

प्रतिक्रिया दिनुहोस