कुन–कुन रोग वा समस्याका लागि उपयोगी बासी रोटी ? जानौ

तनाव

यदि तपाइँको पेट खराब भइरहन्छ भने तपाइँ प्राय तनावबाट पीडित हुनुहुन्छ । दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्या ठिक गर्न मद्दत गर्दछ ।

सुगर

जुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।

उच्च रक्तचाप

यदि तपाइँ उच्च रक्तचाप वा ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटी खानु धेरै फाइदादायक हुन्छ । यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ ।

यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

ग्यास्ट्रिक

लामो समयसम्म भोको बस्नाले कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गर्इ समस्या झेल्नुपर्ने हुन्छ । त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ ।

त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या जानिराखाैँ

मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूहले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।

वैज्ञानिकहरुका अनुसार केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले मानसिक स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ ।

सेलिएक समस्या (सजिलै खानेकुरा नपच्ने) का कारण मानिसहरु साँच्चै नै प्रोटिनयुक्त खानेकुरा धेरै रुचाउँदैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, यो भन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुलाई भने ग्लुटेनले समस्या पार्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।

नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा मष्तिस्कमा मात्रै हुन्छ भनेर निर्धारण गर्न शोधकर्ताहरुले ब्लाइन्ड फुड टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे ।

यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवन पछि वास्तविक रुपमा मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए । उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।

धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । तर, सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन ।

दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले भने उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाउँडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।

न्यू साइन्टिस्टका अनुसार विज्ञहरुले पेट फुल्ने र बाँउडिने कारण फ्लुक्टान भनिने कार्वोहाइड्रेटको कारणले वा ग्लुटेनकोे डरको कारणले भएको हुनसक्ने बताएका छन्।

तर, उनीहरुले अध्ययनबाट जब मानिसहरुले ग्लुटेन खान्छन् त्यसपछि उनीहरु थकित जस्तो देखिने र उनीहरुमा सकारात्मक भावनाहरुको अनुभव कम हुने पत्ता लगाए । यसले ग्लुटेनले साँच्चै मानिसको मष्तिस्कमा असर गर्ने देखाउँछ ।

शोधको नेतृत्व गरेकी डा. जेसिका बिसेइकिरेस्कीले भनिन्, ‘हामीले ग्लुटेन खानसाथै सबैलाई निश्चत रुपमा निराश बनाउँछ भनेका छैनौं । यसले थोरै संख्याका मानिसहरुलाई मात्रै असर गर्छ ।’

‘तर, मानिसहरुलाई ग्लुटेन नभएको खानेकुरा खाएपछि राम्रो महसुस भयो भनेर चाहिँ भन्न सकिन्छ’ उनले भनिन् ।

बिसेइकिरेस्कीका अनुसार मानिसहरुले ग्लुटेन खान छोडेपछि ताजा फलफूल र सागसब्जीहरु खान र स्वस्थ जीवनशैली अपनाउन चाहन्छन् ।

उनको अध्ययनले पत्ता लगाएको तथ्यहरु एक अर्को पुरानो अध्ययनसँग मिल्दोजुल्दो छ जसले प्रोटिन सेन्सेटिभ भन्दा धेरै ग्लुटेन सेन्सेटिभ मानिसहरुमा निराशाको लक्षणहरु धेरै देखापर्ने पत्ता लगाएको थियो ।

सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशामा बढाउने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो ।

अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न अध्यारो चुनौतीहरु आइपर्ने देखाउँछ ।’

डाक्टर बिसेइकिरेस्कीको टिमले पत्ता लगाएका तथ्यहरु गत साता ग्यास्ट्रोएन्टेरोलोजिकल सोसाइटी अफ अष्ट्रेलियामा प्रस्तुत गरिएको थियो ।

यस्ता अवस्थामा खानुहुँदैन सोयाबीन, नखानुहोस् बढाउनेछ समस्या !

आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ ।

तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं

मुटु रोग

यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

गर्भवती महिला

डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

मृगौलाको समस्या हुँदा

मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

थाइराइडका बिरामीले

सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

सोयाबीन खानुका फाइदा पनि छन्

एसिडिटीबाट राहत

यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।

मानसिक संतुलन ठीक गर्छ

जो तनाव र मानसिक रोगबाट पीष्ति हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिलनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।

सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि B र विटामिन E को मात्र प्रचुर ह्न्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिड को कमी पूरी गर्छ । सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ ।

हड्डि बलिया हुन्छन्

सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।

यस्ता छन्, सोयाबीन चाट बनाउने तरिका

सामग्री

सोयाबीन (उमालिएको) २५० ग्राम

कालो चना (उमालिएको) १०० ग्राम

प्याज ७५ ग्राम

गोलभेंडा ९० ग्राम

उमालेको आलु १०० ग्राम

कालो नून एक चम्चा

मरिचको धूलो आधी चम्चा

कागतीको रस डेढ चम्चा

विधि

एउटा भाँडोमा सोयाबीन, कालो चना, प्याज, गोलभेंडा, आलु, कालो नून, मरिच र कागतीको रस हालेर मज्जाले मिसाउनुस् ।

सोयाबीन चाट तयार भयो ।

हाम्राे खानालाई स्वादिष्ट बनाउने मसलाको प्रयोग स्वास्थ्य र सुन्दरताका लागि कति फाइदाजनक ?

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ’भनी परिभाषित गरेको छ ।

हाम्रो भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वाद

सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ ।

बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व

यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हुँदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ ।

यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पुर्याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ ।

अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पुर्याउँने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

प्रतिक्रिया दिनुहोस