सवारी साधन दुर्घटना बाट बच्नका लागि स्थापना गर्नुहोस् मारुती दुर्घटना नाशक यन्त्र

मारुती वाहान दुर्घटना नाशक यन्त्र स्थापना बाट समस्त दुर्घटना तथा अकालमा हुने मृत्युबाट वच्न सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

मारुती अर्थात हनुमानकाे नाबाट बनाईएकाे विशेष प्रकारकाे अष्ट धातुबाट निर्मित वैदिक तथा तान्त्रिक पद्धतिमा रहेर उक्त यन्त्र निर्माण गरिएको हुन्छ ।

यसरी निर्माण गरिएको यन्त्रलाई गुरुपुष्य याेग, मंगलाष्टमी, महा शिवरात्री तथा अन्य शुभ नक्षत्रमा विशेष प्रकारबाट सिद्ध गरेर सवारीसाधनमा स्थापना गरेमा कुनै पनि प्रकारका सवारी तथा हवाई दुर्घटना लाई तर्काउने या हटाउनेकाम उक्त यन्त्रले गर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

कुनै पनि साना तथा ठुला सवारी साधनमा स्थापना गरेमा दुर्घटनाबाट जाेगाउने शक्ति मारुती अर्थात् हनुमाकाे नामसंग जाेडिएकाे उक्त मारुती यन्त्र लाई शक्तिशाली यन्त्रकाे रुपम लिने गरिएको छ ।

महाभारतकाे कथाअनुसार अर्जुनकाे रथकाे अघिल्लो भागमा मारुती ध्वजा तथा मारुती यन्त्र लगाईएकाे उल्लेख गरिएको छ ।

उक्त यन्त्रकाे प्रभावका कारण सम्पूर्ण युद्धको समयावधिभर उक्त रथलाई शक्तिशाली हतियारले पनि कुनै प्रकारकाे प्रभाव नपरेकाे शास्त्रमा उल्लेख गरिएको छ । भगवान् श्रीकृष्ण लाई मात्रै यस प्रकारकाे रहस्यका बारेमा जानकारी रहेकाे पनि उल्लेख गरिएको छ । जुन रथ तथा रथमा रहेका वाहनकाे रक्षा कवचका रुपमा मारुती यन्त्र लाई नै जिम्मा दिईएकाे पनि उल्लेख गरिएको छ ।

यदी कसैले सिद्ध गरिएको उक्त मारुती वाहन दुर्घटना नाशक यन्त्र आफ्नाे सवारी साधन बाइक,कार,ट्याक्सी,बस, ट्रक,हवाई जहाज लगाएतका साधन हरुमा अगाडिको भागमा उक्त दुर्घटना नाशक यन्त्र स्थापना गरेमा कुनै प्रकारका समस्या तथा दुर्घटनामा पर्नु नहुने उल्लेख गरिएको छ ।

जुन मानिसको जन्म कुण्डलीमा दुर्घटना याेग बनेकाे छ या खराब ग्रहकाे समय चलिरहेकाे छ भने ग्रहशान्ति सहित दुर्घटना नाशक यन्त्र राखेमा कुनै प्रकारकाे दुर्घटना तथा अकालमा हुने मृत्युबाट पनि जाेगिन सक्ने शास्त्रमा उल्लेख गरिएको छ। यन्त्रकाे बारेमा थप जानकारी लिनु परेमा सम्पर्क गर्न सक्नुहुनेछ ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् ।

उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन ।

सम्पर्क ९८५१०६११२४ईमेल rijal.suresh123[at]gmail.com

प्रतिक्रिया दिनुहोस