जीवनमा आएका चुनौतीहरुको सामना कसरी गर्ने ? महत्वपूर्ण जानकारी

जीवनमा हरेक कोहि व्यक्ति सफलता चाहन्छ । किनकि यो उरा उसलाई राम्ररी थाहा छ कि, यदि सहि तरिकाले बाच्नु छ भने सफल हुन एकदमै जरुरि छ । तर सफल त्यहि हुन्छ, जसले चुनौतिको सामना गर्छ । साच्चै नै सफल बन्न चाहनुहुन्छ भने कुनै पनि परिस्थिति बाट नडराउनुहोस । चुनौतीको भनेको तपाइको अग्निपरीक्षा जस्तै हो, जसले तपाईभित्रको शक्तिलाई जगाउन मद्दत गर्दछ ।

चुनौतीको सामना कसरी गर्ने ?

सबैभन्दा पहिले त सपना देख्न सुरु गर्नुहोस । जब तपाईले कुनै सपना देख्न थाल्नुहुन्छ, तब तपाईमा त्यो सपना पुरा गर्ने इच्छाशक्ति जाग्दछ । त्यो इच्छाशक्तिले तपाईमा जस्तोसुकै चुनातिको सामना गर्ने हिम्मत आउछ । यदि तपाई सपना नै देख्नुहुन्न भने तपाइको जीवनमा के गर्ने – के नगर्ने भन्ने कुरा नै हुदैन । जसले जीवनमा केहि गर्ने इच्छा नै राख्दैन, उसको जीवन बेकार छ । त्यसैले जीवनमा केहि गर्छु भन्ने एउटा सपना तयार पार्न एकदमै जरुरी हुन्छ ।

एकैपटक ठुलो पर्खाल चढ्नको लागि जुनसुकै व्यक्तिलाई पनि गाह्रो हुन्छ । त्यसैले आफ्नो लक्ष्यलाई साना-साना लक्ष्यमा विभाजन गरेर अगाडी बढ्नुहोस । हरेक दिन आफुलाई अपडेट राख्नुहोस् । नयाँ – नयाँ कुरा सिक्न लक्ष्यमा उत्सुक रहनुहोस् । यस्ता कार्यले तपाईको लागि सिंढीको काम गर्छन् । जसले गर्दा पर्खाल चढ्न सजिलो हुन्छ । कसैले तपाईले गरिरहेको काम प्रति नकारात्मक कुरा गर्छ भने निराश नबन्नुहोस, बरु उनीहरुलाई तपाइले गरिरहनु भएको काममा सफलता प्राप्त गरेर उनीहरुको मुख नै बन्द गरिदिनुहोस । बोलेर भन्दा पनि गरेर देखाउने मान्छे नै महान हुन्छ ।

असफल भइने डरले तपाई कहिल्यै पनि चुनौतीको सामना गर्न सक्नुहुन्न । ‘असफल भए भने पनि यो मेरो लागि सिकाई बन्नेछ’ भन्ने सोच लिएर चुनौतिको सामना गर्न तयार हुनुहोस । हरेक पाइलामा तपाइले चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले कहिल्यै पनि कुनै पनि चुनौती बाट नडराई अघि बढिरहनुहोस् । किनकि संसारमा जो व्यक्तिहरु सफल भएका छन् नि उनीहरुले पनि चुनौतीहरुको सामना गरेर नै त्यो स्थान प्राप्त गर्न सफल भएका हुन् ।

तपाईको चुनौतीलाई र लक्ष्यलाई बुझ्न सक्ने व्यक्तिसंग सल्लाह लिने, कुराकानी गर्ने गर्नुहोस । आफ्नो कार्यक्षेत्रमा व्यक्तिहरुसंग नेर्टवर्क बढाउनुहोस् । जसले गर्दा तपाईलाई आवश्यक खण्डमा सहयोग मिलन सक्छ । आफ्नो लिंक यति धेरै बढाउनुहोस् कि भविष्यमा कुनै अफ्ट्यारो परेमा तपईलाई साथ् दिने मानिसहरुको कमि नहोस । उनीहरुलाई समस्या हुदा तपाइले मद्दत गर्नुपर्दछ । तब मात्र तपाइँ समस्यामा हुदा उनीहरु पनि तपाईलाई सहयोग गर्नको लागी आउनेछन्।

आफु पहिले कहाँ थिए र अहिले कहाँ छु भन्ने कुरालाई सम्झिनुहोस । विगतमा सामना गरेका चुनातीहरुलाई सम्झनुहोस । चुनौतीको सामना गर्न डराउदा छुटेका अवसरहरुलाई सम्झनुहोस । यसो गर्दा तपईलाई चुनौतिको सामाना गर्ने हौसला मिल्नेछ । तपाइँले आफुले चाहेको स्थान सम्म पुग्दा जति पनि पाइला चाल्नुभएको छ, ति सब तपाइको लागि महत्वपूर्ण हुनुपर्दछ । सफल प्राप्त गर्न कहिल्यै पनि सर्टकर्ट बाटो नअपनाउनुहोस । यसो गर्दा तपाईलाई आफुले चालेका पाइलाहरुमा आएका चुनौतीहरुको बारेमा थाहा पनि हुदैन र सफल प्राप्त गरेता पनि त्यसको कुनै मतलब नै रहदैन ।

मनलाई विचलित बनाउने र नकारात्मक असर गर्ने कुराहरुबाट टाढा रहनुहोस् । सकारात्मक सोच राख्ने व्यक्तिहरुको संगत गर्नुहोस । सकारात्मक कुराहरु अध्ययन गर्ने गर्नुहोस । सकारात्मक बन्न एकदमै जरुरी छः किनकि नकारात्मक बिचार लिएर हिडेर तपाई कहिँ पनि पुग्न सक्नुहुन्न । सबैभन्दा सुरुमा आफुलाई बदल्नुहोस र समाजलाई बदल्नुहोस तब मात्र हाम्रो देस्झ पनि बदलिने छ ।

प्रतिक्रिया दिनुहोस