चीनमा ३१ औंला भएको बच्चा जन्मिएपछि…

सामान्यतया कुनैपनि मानिसको हात र खुट्टामा गरि २० वटा औंला हुन्छ ।

एउटै बच्चा जसको ३१ वटा औंला छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता नै यस्तै छ । चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए ।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ती बालकका आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए ।

पैसा अभावका कारण शल्यक्रिया गर्न सकेका थिएनन् । तर, चीनको निङ्बो सिटी अस्पतालले निःशुल्क रूपमा बालकको शल्यक्रिया गर्ने बताएपछि बालकका आमाबाबुलाई खुशी बने । ती बालकको हातमा १६ वटा र खुट्टामा १५ वटा औँला छन् ।

शल्यक्रिया गरेर औँला हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस