को हुन्, ब्रम्हा, विष्णु र महेशकी जननी ? कसरी भयो त्रिदेवको जन्म ?

भगवानको मुख्य रुप अर्थात ब्रम्हा, बिष्णु र महेशलाई मानिन्छ । यी तीनैलाई देवताहरुमा उत्तम देवताको रुपमा पुजिदै आएको छ । तर पुरा जगतका सञ्चालक यी त्रिदेव कसरी उत्पति भए ? यीनिहरुको जन्म कसरी भयो ?हिन्दु धर्मशास्त्र वेदमा लेखिएको छ, परमेश्वर अजन्मा, अदृश्य र निराकार छन् । शिव पुराणमा समेत ब्रह्मा सत्य र अविकारी छन् भनेर उल्लेख छ। शुरुवातमा ब्रह्माण्ड अन्धकारमय थियो । त्यसबेला ब्रमाण्डमा पानी, आगो वा हावा थिएन । त्यसबेलाका अर्थात प्राचीन शास्त्रहरुमा ब्रह्मालाई सत् अर्थात् अविनाशी मानेका छन् ।

यीनै अविनाशी परब्रह्म निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे । जो मूर्ति रहित परब्रह्म हुन् । उनै सर्वोच्च ब्रह्म भगवान सदाशिव हुन् भन्ने धार्मीक मान्यता छ । उनैलाई इश्वर मानिन्छ । सदाशिवले स्वेच्छाबाट विग्रहको माध्यमले शक्तिको सिर्जना गरे ।

सदाशिवको त्यो परम शक्तिलाई प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्वको जननी तथा विकार रहित मान्ने गरिन्छ ।त्यहि शक्तिलाई अम्बिका भनिन्छ । तर अम्बिका पार्वती वा सती भने होइन । तिनै अम्बिकालाई प्रकृति, सर्वेश्वरी, ब्रह्मा, विष्णु र महेशकी जननी, नित्य र मूल कारण भनिन्छ ।यस अर्थमा अम्बिमा नै ब्रम्हा, बिष्णु र महेशकी आमा हुन् ।देवी भागवत पुराणको तेश्रो स्कन्द, अध्याय ५ मा ब्रह्मा, विष्णु, महेशको माता दुर्गा भएको र पिता ज्योति निरंजन काल भएको उल्लेख छ ।यस अर्थमा अम्बिका वा माता दुर्गा एकै हुन् । जो त्रिदेवकी जननी हुन् ।

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बचेर हिड्नु पर्छ । यदि बाटोमा हिँड्दा भुलवंश यस्ता चीज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नराम्रो प्रभाव पार्न सक्छन् । यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ ।

१.तन्त्रमन्त्रका चिजहरुः नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छुटाउनको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।२. हड्डीः बाटोमा हिड्दा सडकमा यदिकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । यसलाई छोएमा धेरै प्रकारका दोष हाम्रो जीवनमा प्रभावित गर्न सक्छन । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बच्नुपर्छ ।

३. कपालः बाटोमा हिड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानीः शहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाउँमा मानिसहरु घरको बाहिर वा धारा, कुवा, ट्युवेलनजिकै नुहाउँछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।

५. खरानीः सडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ । यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।

६. मृत पशुः सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ ।७. फोहोर कपडाःबाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ त्यसैले यस्ता कपडा लाई छुन हुँदैन ।

प्रतिक्रिया दिनुहोस