के हाे टन्सिल ? टन्सिलबाट पीडित हुनुहुन्छ भने यस्ता छन् घरायसी औषधी

टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या पर्छ । राम्रोसँग खान र पानी निल्न पनि नसक्ने भएपनि खानपानमा समस्या नपर्ने कुरै भएन। टन्सीलबाट दुख पाएर मानिसहरु मेडिकलबाट विभिन्न खालका औषधि ल्याएर खाने गर्छन् । तर टन्सिलको उपचारका लागि घराउसी विधिले निकै फाइद पुग्छ ।

किन हुन्छ टन्सिल

हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।

घरायसी उपचार

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ । हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

लसुन या ल्वाङ

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

चूक अमिलो

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ ।

पानीको प्रयोग

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ। पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ । यस्तो अवस्थामा महले पनि फाइदा पु-याउँछ ।

हर्वल चीया

टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ ।
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

थप जानकारीः

के हो टन्सिलाइटिस ?

बालबालिकामा देखिने टन्सिलको समस्यालाई प्राय: हामी मामुली ठान्ने गर्छौं । टन्सिल दुख्ने सामान्य समस्याको उचित उपचार नभए भविष्यमा मुटुको भल्भ बिग्रिने, बाथ, मुटु रोग हुन सक्छ । यो रोगले गर्दा मुटुको शल्यक्रिया गरेर भल्भ फेर्नुपर्ने अवस्था आउन सक्छ । रोगीले शल्यक्रियापछि समेत जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ ।

घाँटी दुख्ने साधारण समस्याबाट सुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पुर्‍याई यो रोगले मुटुलाई अत्यन्तै कमजोर बनाउँछ र रोगीको मुटु फेल हुन्छ । यसैले विशेषज्ञहरू टन्सिलको समस्या भए चिकित्सकीय सल्लाह आवश्यक रहेको बताउँछन् । यद्यपि वर्षभरि नै टन्सिलाइटिसको समस्या हुने गर्छ तथापि हाम्रो मुलुकमा जाडो सुरु हुनलाग्दा यो समस्या बढी मात्रामा हुने गर्छ ।

टन्सिलले अबका चार महिना बढी दु:ख दिने उल्लेख गर्दै वरिष्ठ कान, नाक, घाँटी विशेषज्ञ डा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘वयस्कलाई यो समस्या देखिए पनि मुख्यत: ३ देखि ८ वर्षका बालबालिकालाई यसले बढी सताउने गर्छ । ’हाम्रो मुलुकमा टन्सिलको समस्याबारे कुनै विस्तृत अध्ययन भएको छैन ।

अमेरिकन एकेडेमी अफ ओटोल्यारिङ्गोलजी हेड एन्ड नेक सर्जरीका अनुसार, अमेरिकाका करिब सबै बालबालिका कम्तीमा एक पटक टन्सिलको समस्याले आक्रान्त हुने गर्छन् । चिकित्सा र शल्यक्रियाको क्षेत्रमा उपचारको प्रगतिले गर्दा हाल टन्सिलबाट उत्पन्न जटिलताका कारण मृत्यु हुने घटना बन्दप्राय: भएको छ ।

प्रतिक्रिया दिनुहोस