यी पाँच कारणले पुरुषप्रति आकर्षित हुन्छन् महिला

महिला र पुरुषबीचको सम्बन्ध शुरुवातको समय निकै महत्वपूर्ण हुन्छ । महिलाहरु सामान्यतया पुरुषमा केी न केही कुराहरु त खोज्छन् नै । पुररुषको कस्तो स्वभाव भए महिलाहरु खुशी र सन्तुष्ट रहन्छन् त ? महिलाहरु पुरुषको स्वभाव कस्तो चाहन्छन् ।

लुक्स– हुन त लामो सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक्स र व्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने गर्दछ ।

मुस्कान– राम्रो लुक्स र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उ प्रति महिला निकै आकर्षित हुन्छे ।

स्वभाव– कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।

एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आकर्षित गर्छ ।

ह्युमर– यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

शारी रिक बनौट– शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकांश महिलालाई अत्याधिक अग्ला वा होँचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।

प्रतिक्रिया दिनुहोस