बदला लिन जे-गर्न पनि तयार हुन्छन् यी ४ राशिहरु, झुक्किएर पनि नलिनुहोस् दुश्मनी

एजेन्सी– जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ। जन्मसमयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्नेगरिन्छ।

१२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक-फरक हुन्छ। बदला लिने मामलामा पनि हरेक राशिको फरक-फरक क्षमता र चाहना हुने गर्छ। निम्न उल्लेखित राशिहरु बदला लिने मामलामा धेरैनै अगाडी हुने गर्छन्।

मेष राशि

मेष राशिका मानिसहरुलाई मंगल ग्रहको प्रतीक मानिन्छन्। मंगल विनाशकारी ग्रह रहेको हुँदा मेष राशि हुनेहरु पनि अत्याधिक रिसाहा हुन्छन्। आफ्ना दुश्मनलाई मेष राशि हुनेहरु धेरै महत्वपूर्ण लिने गर्छन्। बदला लिन मेष राशिहरु जुनै पनि हद सम्मको दुख खेप्न पनि पछि हट्दैनन्। जब मेष राशि हुनेहरु आफूलाई दुश्मन देखि खतरा भएको महशुस गर्छन्, तब उनीहरु खतरा मोलेरै भएपनि बदला लिन्छन्।

सिंह राशि

सिंह राशि हुनेहरु धेरैनै रिसाहा मानिन्छन्। यस राशि हुनेहरु सानो-तिनो गल्तिलाई पनि माफ गर्दैनन्। आफू पनि गल्ति नगर्ने हुँदा सिंह राशि हुनेहरु छिट्टै क्रोधित हुन्छन्। कसैले धोका दिएमा बदला लिन यस राशि हुनेहरु जस्तोसुकै कदम उठाउन सक्छन्। छिट्टै रिसाउने मात्र नभई यस राशि हुनेहरु बदला लिने मामलामा पनि खतरनाक मानिन्छन्।

वृश्चिक राशि

व्यवहारमा सामान्य देखिने वृश्चिक राशि हुनेहरु क्रोधको मामलामा भने धेरै अगाडी हुन्छन्। सामान्यतया वृश्चिक राशि हुनेहरु सोझा देखिन्छन्। सोझो व्यवहार भएको हुँदा आफूलाई कुनै पनि प्रकारको धोका नोहोस् भन्ने यिनीहरुको मनसाय हुन्छ। आफूलाई नोक्सान पुर्याउनेहरु तर्फ वृश्चिक राशि हुनेहरु अत्यन्तै क्रुर तरिकाबाट प्रस्तुत हुन्छन्।

मकर राशि

योजना बनाउन र योजना फत्ते गर्न मकर राशि हुनेहरु माहिर हुन्छन्। सानो-सानो काम सम्पन्न गर्न पनि योजना बनाएर अगाडी बढ्ने मकर राशिहरु देख्दा खासै रिसाहा देखिन्नन्। तर रिस नदेखाए पनि बदला लिनु पर्दा यिनीहरु योजना सहित प्रस्तुत हुन्छन्। आफूलाई नोक्सान पुर्याउनेहरुलाई सठीक योजना सहित बदला लिने मकर राशिहरुको आदतनै हुन्छ।

प्रतिक्रिया दिनुहोस